3 अनि यहोशूचाहिँ मैला लुगा लगाएर स्वर्गदूतको अगाडि उभिएका थिए। 4 स्वर्गदूतले आफ्नो अगाडि उभिरहेकाहरूलाई भने, “त्यसका मैला लुगाहरू फुकालिदेओ।”
5 तब मैले भनेँ, “यसको शिरमा एउटा सफा फेटा लगाइदेओ।” यसकारण तिनीहरूले यहोशूको शिरमा एउटा सफा फेटा लगाइदिए र लुगा पहिराइदिए। त्यस बेला याहवेहको स्वर्गदूत छेउमै उभिरहेका थिए।
6 तब याहवेहका दूतले यहोशूलाई यो आज्ञा दिए: 7 “सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘यदि तँ मेरो मार्गमा हिँडिस् र मैले चाहेका जिम्मेवारीहरू पालन गरिस् भने तैँले मेरो भवनमा अधिकार गर्नेछस् र मेरा चोकहरूको हेरचाह गर्नेछस्; अनि म तँलाई यहाँ उभिरहेकाहरूका बीचमा ठाउँहरू दिनेछु।
8 “ ‘सुन, हे प्रधान पुजारी यहोशू, अब तँ र तेरो अगाडि बसेका तेरा सहयोगीहरू, तिमीहरू जो आउने कुराहरूका चिन्ह हौ: हेर, म मेरो सेवकलाई ल्याउनेछु, जसलाई हाँगा भनिनेछ। 9 मैले यहोशूको अगाडिपट्टि राखेको ढुङ्गालाई हेर! त्यस ढुङ्गामा सात वटा आँखाहरू[a] छन्, र म त्यसमाथि एउटा लेखोट खोप्नेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ, ‘अनि म यस देशको पाप एकै दिनमा हटाइदिनेछु।
10 “ ‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई आफ्नो दाख र नेभाराको बोटमुनि बस्नलाई निम्तो दिनेछौ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”
<- जकरिया 2जकरिया 4 ->- a अथवा पक्षहरू