4 यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको लागि मरेका छौ, ताकि तिमीहरू मृत्युबाट पुनर्जीवित पारिनुभएका ख्रीष्टका हुन सक। अनि परमेश्वरका निम्ति फल फलाउन सक। 5 किनकि जब हामी पापमय स्वभावको नियन्त्रणमा थियौँ, व्यवस्थाले जगाएका पापमय अभिलाषाहरूले हाम्रो शरीरमा काम गर्दथ्यो। यसैले हामीले मृत्युको लागि फल फलाउने गर्दथ्यौँ। 6 तर अब हामी व्यवस्थाबाट स्वतन्त्र भइसकेका छौँ। ताकि जे कुराले हामीलाई नियन्त्रण गरेको थियो, त्यसका लागि मरेका छौँ, र पुरानो लिखित व्यवस्थामा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्न सकौँ।
13 जे असल छ, त्यही गरेँ, तर के त्यो मेरो निम्ति मृत्यु भयो त? आवश्य पनि होइन! तैपनि पापचाहिँ पापको रूपमा चिनियोस् भनेर जे असल छ, त्यसद्वारा ममा मृत्यु उत्पन्न गर्यो, ताकि आज्ञाद्वारा पाप अझ पूर्ण रूपले पापमय बन्न सकोस्।
14 हामीलाई थाहा छ, व्यवस्था आत्मिक छ; तर म अनात्मिक छु, र पापको दासत्वमा बेचिएको छु। 15 म के गर्दछु, सो म बुझ्दिनँ। किनकि जे म गर्न चाहन्छु त्यो म गर्दिनँ, तर म जे घृणा गर्दछु, त्यही गर्दछु। 16 अनि यदि म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने व्यवस्था असल छ भनी म सहमत हुन्छु। 17 यसैले म जे गर्दछु, सो मैले होइनँ, तर मभित्र रहेको पापले गर्दछ। 18 किनकि म जान्दछु, ममा केही असल कुराको बास छैन अर्थात् मेरो शारीरिक स्वभावमा केही असल कुराले बास गर्दैन। किनकि ममा असल काम गर्ने इच्छा छ, तर सो म गर्न सक्दिनँ। 19 किनकि जे असल छ, त्यो म गर्न चाहन्छु, म त्यो गर्दिनँ, तर खराब काम जो म गर्न चाहन्नँ, त्यही म गरिरहन्छु। 20 अब म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने त्यो गर्ने म होइनँ, तर मभित्र बास गर्ने पाप हो, जसले त्यो गर्दछ।
21 यसकारण व्यवस्थाले काम गरिरहेको म पाउँछु: यद्यपि म असल काम गर्न चाहन्छु, तर दुष्टता मेरो छेउमा मसँगै हुन्छ। 22 किनकि मेरो भित्री हृदयमा परमेश्वरको व्यवस्थामा म खुशी हुन्छु। 23 तर ममा अर्को व्यवस्थाले पनि काम गरिरहेको म देख्दछु। जो मेरो मनको व्यवस्थाविरुद्ध युद्ध गरेर मलाई पापको व्यवस्थाको बन्दी बनाई मभित्र काम गरिरहेको हुन्छ। 24 हाय, म कस्तो दुःखी मानिस! मलाई यस मृत्युको शरीरबाट कसले स्वतन्त्र गराउने? 25 परमेश्वरलाई धन्यवाद होस्। हाम्रा प्रभु येशू ख्रीष्टले मलाई स्वतन्त्र गराउनुहुन्छ!