5 तर तिम्रा आफ्ना हठी स्वभाव र अपश्चात्तापी हृदयका कारण, परमेश्वरको धार्मिक न्याय प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। 6 परमेश्वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।”[a] 7 परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्। 8 तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछ। 9 दुष्ट काम गर्ने सबै मानिसहरूमाथि दुःख र सङ्कष्ट आइपर्नेछ: पहिले यहूदीहरूलाई, त्यसपछि गैरयहूदीहरूलाई। 10 तर जसले असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीलाई, र गैरयहूदीलाई। 11 किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
12 सबै जसले व्यवस्थाविना पाप गरेका छन्, व्यवस्थाविना नै नाश पनि हुनेछन् तर जसले व्यवस्था जानेर पनि पाप गरेका छन्, तिनीहरूको न्याय पनि व्यवस्थाअनुसार नै गरिनेछ। 13 किनकि व्यवस्था सुन्नेहरू परमेश्वरका सामु धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्। 14 वास्तवमा जब गैरयहूदीहरू व्यवस्थाविना पनि स्वभावैले व्यवस्थाअनुसार चल्दछन्, तब तिनीहरूमा व्यवस्था नभए तापनि तिनीहरू आफैँ व्यवस्था हुन्छन्। 15 तिनीहरू परमेश्वरको व्यवस्था तिनीहरूका हृदयमा लेखिएको देखाउँछन्। तिनीहरूका आफ्नै विवेकले पनि गवाही दिन्छ, र कहिले तिनीहरूको विचारले तिनीहरूलाई दोष्याउँछ, र कहिले तिनीहरूले गरेका कामको समर्थन गर्छ। 16 यो त्यस दिन हुनेछ, जब मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा परमेश्वरले मानिसहरूका गोप्य कुराहरूको न्याय गर्नुहुनेछ।
25 यदि व्यवस्थाको पालन गर्यौ भने खतनाको महत्त्व रहन्छ; तर व्यवस्थाको उल्लङ्घन गर्यौ भने तिमी खतना नगर्नेजस्तै हुन्छौ। 26 खतना नभएकाहरू व्यवस्थाअनुसार चल्दछन् भने के तिनीहरू खतना भएकाजस्तै ठहरिँदैनन् र? 27 तब शरीरमा खतना नभए तापनि व्यवस्था पालन गर्नेहरूले लिखित नियम भएका र खतना पनि भएका, तर व्यवस्था भङ्ग गर्ने तिमीलाई दोषी ठहराउँछन्।
28 बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न त बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो। 29 बरु साँचो यहूदी चाहिँ त्यो हो, जो भित्रबाटै यहूदी हो। अनि साँचो खतना पनि आत्माद्वारा हृदयको खतना हो, तर लिखित नियमद्वारा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ।
<- रोमी 1रोमी 3 ->