1 हामी विश्वासमा बलियो हुनेहरूले दुर्बलहरूको असफलतालाई सहिदिनुपर्छ र आफूलाई मात्र प्रसन्न तुल्याउने हुनुहुन्न। 2 हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्नतिको निम्ति प्रसन्न राख्नुपर्छ। 3 किनकि ख्रीष्ट आफैँले पनि आफूलाई प्रसन्न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।”[a] 4 किनकि विगतमा जे लेखिए, त्यो हामीलाई शिक्षाका निम्ति लेखिएका थिए, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्त गर्न सकौँ।
5 धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूमा भएको मनजस्तै एक-अर्काप्रति एकताको मन देऊन्, 6 ताकि तिमीहरू एउटै मन र एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको महिमा गर्न सक।
7 जसरी ख्रीष्टले तिमीहरूलाई परमेश्वरको प्रशंसाका निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर। 8 म तिमीहरूलाई भन्दछु, परमेश्वरको सत्यताका लागि ख्रीष्ट यहूदीहरूको[b] सेवा गर्न आउनुभयो, ताकि हाम्रा पूर्वजहरूलाई दिइएको प्रतिज्ञा निश्चित हुन सकोस्। 9 गैरयहूदीहरूले परमेश्वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर यसरी लेखिएको छ:
13 उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
17 यसकारण मेरा परमेश्वरप्रतिको सेवामा म ख्रीष्ट येशूमा गर्व गर्छु। 18 मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्वरतर्फ आज्ञाकारी बनाउनका निम्ति ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, त्योभन्दा बढी म अरू केही कुरा भन्ने आँट गर्दिनँ। 19 अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूद्वारा परमेश्वरका आत्माको शक्तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्लिरिकमसम्म मैले ख्रीष्टको सुसमाचार पूर्ण रूपमा प्रचार गरेको छु। 20 मेरो सधैँ उत्कट इच्छा यही रहेको छ, कि ख्रीष्ट नचिनिएको ठाउँमा म सुसमाचार प्रचार गर्न सकूँ, ताकि कसैले बसालेको जगमा मैले काम गर्नु नपरोस्। 21 बरु यस्तो लेखिएको छ:
30 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, मेरा लागि परमेश्वरसँग प्रार्थनाद्वारा मेरा सङ्घर्षमा सहभागी बन। 31 यहूदियाका अविश्वासीहरूका बीचमा म सुरक्षित रहन सकूँ भनेर प्रार्थना गरिदेओ, र यरूशलेमको लागि मैले बोकेका भेटी त्यहाँका प्रभुका जनहरूका निम्ति स्वीकार्य होस्, 32 ताकि म परमेश्वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ। 33 शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहिरहून्! आमेन।