5 सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।”
6 उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा हुँ; आदि र अन्त्य म नै हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैँमा दिनेछु। 7 जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्वर र तिनीहरू मेरा सन्तान हुनेछन्। 8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजकहरू र सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।”
15 मसित बोल्ने स्वर्गदूतसित सहर, ढोकाहरू र त्यसका पर्खालहरू नाप्ने सुनको लट्ठी थियो। 16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ बराबर थियो। तिनले त्यस लट्ठीले सहरहरूलाई नापे, र त्यो दुई हजार दुई सय किलोमिटर पाए। त्यसको लम्बाइ, चौडाइ र उचाइ एकसमान थियो। 17 स्वर्गदूतले मानिसको नापअनुसार त्यो पर्खाल पनि नापे; त्यो पैँसट्ठी मिटर मोटो थियो। 18 त्यो पर्खाल बिल्लौरले बनिएको थियो; अनि सहरचाहिँ निखुर सुनले बनिएको थियो, जुनचाहिँ काँचजस्तै निखुर थियो। 19 सहरको पर्खालका जगहरू प्रत्येक किसिमका बहुमूल्य पत्थरले सिँगारिएका थिए। पहिलो जग बिल्लौर, दोस्रो नीलमणि, तेस्रो लालमणि, चौथो पन्ना; 20 पाँचौँ सार्डियसमणि, छैटौँ गोमेद, सातौँ पीतमणि, आठौँ फिरोजा, नवौँ पुष्पराग, दशौँ हरितमणि, एघारौँ धूम्रकान्त र बाह्रौँचाहिँ मर्तिसमणि थियो। 21 ती बाह्र ढोकाहरू बाह्र मोती थिए; प्रत्येक ढोका एउटै मोतीले बनिएको थियो। सहरका ठूला सडकचाहिँ छर्लङ्गै देखिने काँचजस्तै निखुर सुनको थियो।
22 मैले सहरमा कुनै मन्दिर देखिनँ; किनकि सर्वशक्तिमान् परमप्रभु परमेश्वर र थुमा नै त्यसको मन्दिर हुनुहुन्छ। 23 त्यस सहरमा उज्यालो दिनको लागि घाम र चन्द्रमाको आवश्यकता थिएन; किनकि परमेश्वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, र थुमा नै त्यसको बत्ती हुनुहुन्छ। 24 त्यहाँकै प्रकाशमा राष्ट्रहरू हिँड्डुल गर्नेछन्, र पृथ्वीका राजाहरू आफ्ना वैभवसहित त्यस सहरमा प्रवेश गर्नेछन्। 25 त्यसका ढोकाहरू कहिल्यै बन्द हुनेछैनन्; किनकि त्यहाँ कहिल्यै रात हुनेछैन। 26 सबै राष्ट्रहरूका महिमा र सम्मान त्यसमा ल्याइनेछन्। 27 त्यसमा कुनै अशुद्ध कुरा पस्न पाउनेछैन, न त शर्मका र छलका काम गर्ने कोही पस्न पाउँनेछ; तर तिनीहरूले मात्र प्रवेश पाउनेछन्, जसको नाम थुमाको जीवनको पुस्तकमा लेखिएका छन्।
<- प्रकाश 20प्रकाश 22 ->