Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 99
1 याहवेहले राज्य गर्नुहुन्छ;
राष्ट्रहरू थरथर कामून्;
उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ;
पृथ्वी हल्‍लियोस्!
2 सियोनमा याहवेह महान् हुनुहुन्छ;
उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ।
3 तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्—
उहाँ पवित्र हुनुहुन्छ।
 
4 राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ—
तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ;
तपाईंले याकोबमा
न्याय र धार्मिकता सम्पन्‍न गर्नुभएको छ।
5 याहवेह हाम्रा परमेश्‍वरलाई उच्‍च पार,
र उहाँको पाउदानमा आराधना गर;
उहाँ पवित्र हुनुहुन्छ।
 
6 उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए,
र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए;
तिनीहरूले याहवेहलाई पुकारे,
र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
7 उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो;
उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे।
 
8 हे याहवेह, हाम्रा परमेश्‍वर,
तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो;
तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्‍वर हुनुहुन्थ्यो,
यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो।
9 याहवेह, हाम्रा परमेश्‍वरलाई उच्‍च पार,
र उहाँको पवित्र पर्वतमा आराधना गर;
किनकि याहवेह हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्छ।

<- भजनसंग्रह 98भजनसंग्रह 100 ->