Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 53
सङ्गीत निर्देशकको निम्ति, महलत[a] शैली, दावीदको मस्किल।[b]
1 मूर्खले आफ्नो मनमा भन्छ,
“परमेश्‍वर छँदैछैन।”
तिनीहरू भ्रष्‍ट छन्, र तिनीहरूका चाल लाजमर्दो छ;
असल काम गर्ने कोही पनि छैन।
 
2 परमेश्‍वरले स्वर्गबाट
सबै मानिस जातिलाई हेर्नुहुन्छ
यो जान्‍नलाई कि कोही त समझदार होला,
जसले परमेश्‍वरको खोजी गर्दछ?
3 तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्;
असल गर्ने कोही छैन,
एक जना पनि छैन।
 
4 के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्?
 
रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्;
तिनीहरूले परमेश्‍वरलाई कहिल्यै पुकार्दैनन्।
5 तर जहाँ डराउनुपर्ने कुनै कारण नै थिएन,
त्यहीँ नै तिनीहरू डरले व्याकुल भए।
परमेश्‍वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू छरपस्ट पार्नुभएको छ;
तिमीहरूले तिनीहरूलाई शर्ममा पारेका छौ;
किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको थियो।
 
6 अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो!
जब परमेश्‍वरले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ,
तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।

<- भजनसंग्रह 52भजनसंग्रह 54 ->