Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 47
सङ्गीत निर्देशकको निम्ति, कोरहको छोराहरूका भजन।
1 हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ;
उच्‍च सोरले परमेश्‍वरको निम्ति जयजयकार गर!
 
2 सर्वोच्‍च याहवेह कस्तो महान् हुनुहुन्छ,
सारा पृथ्वीभरिका महाराजा।
3 उहाँले राष्ट्रहरूलाई हाम्रा अधीनमा,
र जाति-जातिहरूलाई हाम्रा पैतालामुनि पार्नुभएको छ।
4 उहाँले हाम्रा निम्ति उत्तराधिकारको भाग छान्‍नुभयो,
याकोबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो।
सेला
 
5 परमेश्‍वर आनन्दको सोरसित,
याहवेह तुरहीको आवाजसित माथि उक्लनुभएको छ।
6 परमेश्‍वरको निम्ति गीत गाओ, गीत गाओ;
हाम्रा राजाको निम्ति गीत गाओ, गीत गाओ!
7 किनकि परमेश्‍वर सारा पृथ्वीका राजा हुनुहुन्छ;
उहाँको निम्ति प्रशंसाको भजन गाओ!
 
8 परमेश्‍वरले राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ;
परमेश्‍वर उहाँको पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ।
9 अब्राहामका परमेश्‍वरका मानिसहरूझैँ
राष्ट्रहरूका श्रेष्‍ठ व्यक्तिहरू भेला भएका छन्;
किनकि पृथ्वीका[a] शासकहरू परमेश्‍वरकै हुन्;
परमेश्‍वर अति उच्‍च हुनुहुन्छ।

<- भजनसंग्रह 46भजनसंग्रह 48 ->