Link to home pageLanguagesLink to all Bible versions on this site
[a]
भजन 43
1 हे मेरा परमेश्‍वर, मलाई निर्दोष प्रमाणित गर्नुहोस्,
र भक्तिहीन जातिको विरुद्धमा
मेरो पक्षमा बोलिदिनुहोस्;
छली र दुष्‍टहरूबाट
मलाई छुटाउनुहोस्!
2 किनकि तपाईं परमेश्‍वर हुनुहुन्छ, जसमा मेरो शक्ति[b] छ।
तपाईंले मलाई किन त्याग्नुभएको छ?
शत्रुबाट थिचोमिचोमा परेर
मैले किन विलाप गर्दै हिँड्नुपर्छ?
3 तपाईंको ज्योति र तपाईंको विश्‍वासयोग्यतालाई पठाइदिनुहोस्;
तिनले मलाई डोर्‍याऊन्;
तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा पुर्‍याऊन्;
त्यस स्थानमा, जहाँ तपाईं बास गर्नुहुन्छ।
4 तब म परमेश्‍वरको वेदीमा जानेछु,
परमेश्‍वरकहाँ, जो मेरो आनन्द र हर्ष हुनुहुन्छ।
म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु,
हे परमेश्‍वर, मेरा परमेश्‍वर।
 
5 हे मेरो प्राण, तँ किन उदास हुन्छस्?
हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्?
परमेश्‍वरमा आशा राख्,
हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर,
म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

<- भजनसंग्रह 42भजनसंग्रह 44 ->