Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 15
दावीदको भजन।
1 हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ?
तपाईंको पवित्र पर्वतमा कसले बस्‍न पाउनेछ?
 
2 त्यो मानिस, जसको जीवन निर्दोष छ;
जसले धर्मी काम गर्छ,
जसले आफ्नो हृदयबाट सत्य बोल्छ,
3 जसको जिब्रोले अरूको निन्दा गर्दैन,
जसले आफ्नो छिमेकीको खराबी गर्दैन,
र मित्रहरूको अपमान गर्दैन;
4 जसले दुष्‍ट मानिसलाई घृणा गर्दछ,
तर याहवेहको भय मान्‍नेहरूलाई आदर गर्दछ;
जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन,
र जसले आफ्नो मन बदल्दैन;
5 जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन;
र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन।
 
यस्ता जीवन जिउनेहरू
कहिल्यै पनि डगमगाउनेछैन।

<- भजनसंग्रह 14भजनसंग्रह 16 ->