Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 133
दावीदको आरोहणको गीत।
1 परमेश्‍वरका जनहरू एक-आपसमा एकतामा बस्‍नु
कति असल र आनन्दमय कुरा हुन्छ!
 
2 यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ,
जो दाह्रीसम्म बगेर जान्छ,
हारूनको दाह्रीसम्म बगेर जान्छ,
जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ।
3 त्यो हेर्मोन पर्वतको शीत
सियोन पर्वतमा परेजस्तै हुन्छ;
किनकि त्यहीँ नै याहवेहले,
आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ।

<- भजनसंग्रह 132भजनसंग्रह 134 ->