Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 123
आरोहणको गीत।
1 हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वर,
मेरा आँखाहरू म तपाईंतिर उठाउँछु।
2 जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्,
जसरी सेविकाले आफ्नी मालिक्नीका हाततिर हेर्दछे,
त्यसरी नै उहाँले हामीमाथि दया नगरुन्जेल,
हाम्रा आँखाहरूले, याहवेह हाम्रा परमेश्‍वरतिर हेर्दछन्।
 
3 हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्;
किनकि हामीले अति नै अवहेलना सहेका छौँ।
4 हामीले अहङ्कारीहरूबाट
अति नै उपहास र
घमण्डीहरूबाट अति नै अवहेलना सहेका छौँ।

<- भजनसंग्रह 122भजनसंग्रह 124 ->