Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 121
आरोहणको गीत।
1 म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु—
मेरो सहायता कहाँबाट आउँछ?
2 मेरो सहायता याहवेहबाट आउँछ,
जो स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ।
 
3 उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन—
तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;
4 साँच्‍चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ
न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ।
 
5 याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ—
याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ;
6 दिउँसोको घामले तिमीलाई पोल्नेछैन,
न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ।
 
7 याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ—
उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;
8 तिमी बाहिर जाँदा र भित्र आउँदा,
अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।

<- भजनसंग्रह 120भजनसंग्रह 122 ->