Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 120
आरोहणको गीत।
1 मेरो सङ्कष्‍टमा म याहवेहलाई पुकार्दछु,
र उहाँले मलाई जवाफ दिनुहुन्छ।
2 हे याहवेह, मलाई
झूटो बोल्ने ओठ
र छली जिब्रोबाट बचाउनुहोस्।
 
3 ए छली जिब्रो,
उहाँले तँलाई के गर्नुहुनेछ?
अनि अझ बढ्ता के गर्नुहोला?
4 उहाँले तँलाई योद्धाका तीखा काँडले हानेर,
र झाडीको आगोले जलाएर दण्ड दिनुहुनेछ!
 
5 मलाई धिक्‍कार छ! म मेशेकमा बास गर्दछु;
किनकि केदारका पालहरूका बीचमा बसेको छु!
6 शान्तिलाई घृणा गर्नेहरूका बीचमा
म बसेको धेरै समय भयो।
7 म त शान्तिप्रिय व्यक्ति हुँ;
तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।

<- भजनसंग्रह 119भजनसंग्रह 121 ->