Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 114
1 जब इस्राएलीहरू इजिप्टबाट निस्किआए,
जब याकोबको घराना विदेशी भाषा बोल्ने मानिसहरूका बीचबाट निस्केर आए,
2 तब यहूदा परमेश्‍वरको पवित्रस्थान,
अनि इस्राएलचाहिँ उहाँको राज्य भयो।
 
3 त्यो देखेर लाल समुद्र भाग्यो;
यर्दन नदी पछिल्तिर फर्कियो;
4 पर्वतहरू भेडाहरूझैँ,
डाँडाहरू थुमाहरूझैँ उफ्रन लागे।
 
5 हे समुद्र, तँ किन भागिस्?
हे यर्दन, तँ किन पछि फर्किस्?
6 हे पर्वतहरू हो, तिमीहरू भेडाहरूझैँ, हे डाँडाहरू हो,
तिमीहरू थुमाहरूझैँ किन उफ्र्यौ?
 
7 हे पृथ्वी, प्रभुको सामु,
याकोबका परमेश्‍वरको सामु थरथरी काम्;
8 जसले चट्टानलाई पानीका तलाउमा,
कठोर चट्टानलाई पानीका मूलहरूमा परिवर्तन गर्नुभयो।

<- भजनसंग्रह 113भजनसंग्रह 115 ->