Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 113
1 याहवेहको प्रशंसा गर![a]
 
हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर!
याहवेहको नामको प्रशंसा गर!
2 अहिलेदेखि लिएर सदासर्वदा,
याहवेहको नामको प्रशंसा भइरहोस्!
3 सूर्योदयदेखि सूर्यास्तसम्म नै
याहवेहको नामको प्रशंसा हुनुपर्छ!
 
4 याहवेह सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ;
र उहाँको महिमा आकाशभन्दा उच्‍च छ।
5 याहवेह हाम्रा परमेश्‍वरजस्तो को छ र?
उहाँ उच्‍च सिंहासनमा विराजमान हुनुहुन्छ,
6 जो स्वर्ग र पृथ्वीलाई हेर्न भनी
तल निहुरनुहुन्छ।
 
7 उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ,
अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ।
8 उहाँले तिनीहरूलाई राजकुमारहरूसित,
आफ्नै प्रजाका राजकुमारहरूसित बसाउनुहुन्छ।
9 उहाँले बाँझी स्त्रीलाई सन्तान दिनुभएर
उनलाई सुखी आमाको रूपमा उनको घरमा स्थिर गरिदिनुहुन्छ।
 
याहवेहको प्रशंसा गर!

<- भजनसंग्रह 112भजनसंग्रह 114 ->