Link to home pageLanguagesLink to all Bible versions on this site
[a]
भजन 112
1 याहवेहको प्रशंसा गर![b]
 
त्यो मानिस धन्यको हो, जसले याहवेहको भय मान्दछ,
जो उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्‍न हुन्छ।
 
2 त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्;
धर्मी मानिसहरूका पुस्ताले आशिष् पाउनेछन्।
3 त्यसको घरमा धन र सम्पत्ति रहन्छ,
र त्यसको धार्मिकता सदाकाल रहिरहन्छ।
4 सत्यनिष्‍ठ मानिसहरू, जो अनुग्रही, दयालु, र धर्मी छन्,
तिनीहरूका निम्ति अन्धकारमा पनि ज्योति चम्कन्छ।
5 उदार चित्तले ऋण दिनेहरू,
र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ।
 
6 अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्;
तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ।
7 खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्;
याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ।
8 तिनीहरूका हृदय निर्धक्‍क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन;
अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्।
9 तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्;
तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ;
तिनीहरूका शिर सम्मानले उच्‍च रहनेछ।
 
10 दुष्‍ट मानिस त्यो देखेर कुँडिनेछ;
तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्‍ट हुनेछन्;
दुष्‍टहरूका अभिलाषाहरू विफल हुन्छन्।

<- भजनसंग्रह 111भजनसंग्रह 113 ->