फिलेमोनलाई पावलको पत्र
12 मैले उसलाई तिमीकहाँ पठाउँदैछु, जो मेरो हृदयको टुक्रासमान हुन्। 13 सुसमाचारको कारण म कैदमा हुँदा मलाई सघाउनलाई उसले तिम्रो स्थान लेओस् भनेर मैले उसलाई मसँग राख्न रुचाएको थिएँ; 14 तर तिमीले देखाएको कुनै पनि भलाइ करमा परेर होइन, तर स्वेच्छापूर्वक होस् भनेर मैले तिम्रो अनुमतिविना केही पनि गर्न चाहिनँ। 15 सायद ऊ केही समयको लागि तिमीदेखि अलग भएको कारणचाहिँ तिमीले उसलाई सधैँको लागि फेरि भेट्टाउनलाई होला। 16 दासको रूपमा होइन, तर दासभन्दा पनि अझ बढ्ता, एक प्रिय भाइजस्तै। ऊ मेरा निम्ति अति प्रिय छ, तर तिम्रो निम्ति ऊ एक मानिसको रूपमा र प्रभुमा एक भाइभन्दा पनि अझ प्रिय छ।
17 यसकारण यदि तिमीले मलाई एक साझेदार सम्झन्छौ भने तिमीले जस्तो मलाई स्वागत गर्नेथियौ, त्यस्तै गरी उसलाई पनि स्वागत गर। 18 यदि त्यसले तिम्रो केही हानि गरेको छ वा त्यो केही कुरामा तिमीप्रति ऋणी छ भने त्यो मेरो हिसाबमा राखिदेऊ। 19 म पावल, आफ्नै हातले यो लेख्दैछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। यो भनिरहनु नपर्ला कि तिमी आफैँ पनि मप्रति ऋणी छौ। 20 प्रिय भाइ, प्रभुको निम्ति मलाई तिमीबाट केही फाइदा होस् भनी म इच्छा गर्छु; ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा पारिदेऊ। 21 तिम्रो आज्ञाकारिताको कारण निश्चिन्त भएर मैले भनेको भन्दा बढी तिमीले गर्नेछौ भनी जानेर म यो लेख्दैछु।
22 अनि अझ अर्को कुरा, मेरा निम्ति एउटा पाहुनाकोठा तयार गरिराख; किनकि तिम्रो प्रार्थनाको उत्तरमा मैले तिमीकहाँ आइपुग्ने आशा राखेको छु।
24 अनि यसरी नै मेरा सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन्।
- a ओनेसिमसको अर्थ उपयोगी
Languages