3 अनि हारूनले त्यसै गरे। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सामदानको अगिल्तिर प्रकाश दिने गरी तिनले बत्तीहरू तयार गरे। 4 सामदान यसरी बनिएको थियो: त्यसको फेददेखि फूलहरूसम्म पिटिएको सुनले बनिएको थियो। त्यो सामदान याहवेहले मोशालाई देखाउनुभएको नमुनाजस्तै बनाइएको थियो।
12 “लेवीहरूले बहरहरूमाथि आफ्ना हात राखून्। अनि तिनीहरूको पापको प्रायश्चितका निम्ति एउटालाई याहवेहका निम्ति पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई चाहिँ होमबलिको रूपमा प्रयोग गर्नू। 13 लेवीहरूलाई हारून र त्यसका छोराहरूका अगाडि उभिन लगा। अनि तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहकहाँ प्रस्तुत गर्। 14 यसरी तैँले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग पार्नू। यसरी लेवीहरू मेरा हुनेछन्।
15 “तैँले लेवीहरूलाई शुद्ध गरेर तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरून्। अनि भेट हुने पालमा तिनीहरू सेवाको काम गर्न आऊन्। 16 इस्राएलीहरूको तर्फबाट ती लेवीहरूलाई सम्पूर्ण रूपले मलाई दिइनुपर्छ। तिनीहरूलाई जेठाहरूका सट्टामा, अर्थात् प्रत्येक इस्राएली स्त्रीहरूको पहिलो छोराहरूका सट्टामा मैले तिनीहरूलाई लिएको छु। 17 इस्राएलमा जन्मेको हरेक जेठो, चाहे त्यो मानिस होस् अथवा पशु, सबै मेरै हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूमाथि प्रहार गरेँ, तब मैले तिनीहरूलाई मेरा निम्ति अलग गरेँ। 18 अनि मैले इस्राएलका सबै जेठा छोराहरूका सट्टामा लेवीहरूलाई लिएको छु।” 19 इस्राएलीहरू पवित्रस्थानको नजिक जाँदा तिनीहरूमाथि कुनै विपत्ति नआओस्। त्यसैले सारा इस्राएलीहरूबाट मैले लेवीहरूलाई सबै इस्राएलीहरूको तर्फबाट भेट हुने पालमा काम गर्न र तिनीहरूका निम्ति पापको प्रायश्चित गर्नलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु।
20 यसकारण मोशा, हारून र सारा इस्राएली समुदायले लेवीहरूलाई त्यही नै गरे, जो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। 21 लेवीहरूले आफूलाई शुद्ध पारे, र आफ्ना लुगाहरू धोए। त्यसपछि हारूनले तिनीहरूलाई याहवेहको सामु विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरे। अनि तिनीहरूलाई शुद्ध पार्नलाई तिनीहरूका निम्ति प्रायश्चित गरे। 22 त्यसपछि हारून र तिनका छोराहरूको निर्देशनमा भेट हुने पालमा काम गर्नलाई लेवीहरू आए। इस्राएलीहरूले लेवीहरूसँग याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार गरे।
23 याहवेहले मोशालाई भन्नुभयो, 24 “लेवीहरूका लागि यो नियम लागू हुन्छ: पच्चीस वर्ष अर्थात् त्योभन्दा बढी उमेरका पुरुषहरूले भेट हुने पालको काममा भाग लिऊन्। 25 तर पचास वर्ष पुगेपछि चाहिँ तिनीहरूले आफ्ना नियमित सेवाबाट अवकाश प्राप्त गरून्; र बाँकी समय काम नगरून्। 26 तिनीहरूले आफ्ना दाजुभाइहरूलाई भेट हुने पालमा तिनीहरूका काममा सहायता दिन सक्छन्। तर तिनीहरू आफैँले चाहिँ काम गर्नुहुँदैन। यसकारण तैँले लेवीहरूको उत्तरदायित्व यसरी नै जिम्मा दिनू।”
<- गन्ती 7गन्ती 9 ->- a मूल भाषामा पाप शुद्धीकरण बलिको पानी