17 “ ‘उत्सवको दोस्रो दिनमा तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू, सबै पशुहरू निष्खोट होऊन्। 18 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू। 19 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
20 “ ‘तेस्रो दिनमा तिमीहरूले एघार वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्। 21 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। 22 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
23 “ ‘चौथो दिनमा दश वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्। 24 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। 25 त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
26 “ ‘पाँचौँ दिनमा नौ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। 27 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। 28 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
29 “ ‘छैटौँ दिनमा आठ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। 30 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू। 31 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
32 “ ‘सातौँ दिनमा सात वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। 33 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। 34 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
35 “ ‘आठौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। 36 याहवेहलाई मनमर्दो बास्नादार अग्निबलिको साथमा एउटा बाछा, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। 37 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछा, भेडा र थुमाहरू चढाउनू। 38 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
39 “ ‘तिमीहरूले गरेका भाकल र स्वेच्छा भेटीहरूबाहेक, तिमीहरूका तोकिएका चाडहरूमा याहवेहका निम्ति यी बलिहरू चढाउनू; तिमीहरूका होमबलिहरू, अन्नबलिहरू, अर्घबलिहरू र मेलबलिहरू चढाउनू।’ ”
40 याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, तिनले सबै कुरा इस्राएलीहरूलाई भनिदिए।
<- गन्ती 28गन्ती 30 ->