5 यसकारण मोशाले तिनीहरूको मुद्दा याहवेहका सामु ल्याए। 6 अनि याहवेहले मोशालाई भन्नुभयो, 7 “सलोफादका छोरीहरूले जे भनिरहेका छन्, त्यो सही हो। तैँले तिनीहरूलाई निश्चय नै तिनीहरूका बुबाका आफन्तहरूका बीचमा पैतृक सम्पत्तिको रूपमा अंश दिनू; र तिनीहरूलाई तिनीहरूका बुबाका उत्तराधिकार बनाइदिनू।”
8 इस्राएलीहरूलाई भन्, “यदि कुनै मानिस मर्छ, र त्यसको कुनै छोरा छैन भने त्यसको सम्पत्ति त्यसका छोरीलाई नै नदिनू। 9 यदि त्यसको कुनै छोरी पनि छैन भने त्यसको अंश त्यसको दाजुभाइलाई दिनू। 10 यदि त्यसको दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको बुबाका दाजुभाइलाई दिनू। 11 यदि त्यसको बुबाका दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको वंशमा भएको सबैभन्दा नजिकको आफन्तलाई दिनू; ताकि त्यस अंशमा त्यसको अधिकार होस्। याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलीहरूका निम्ति यो एउटा लागू गरिने कानुन होस्।”
15 मोशाले याहवेहलाई भने, 16 “हे याहवेह, समस्त मानव-जातिलाई जीवन दिनुहुने परमेश्वर, यस समुदायमाथि एक जना मानिस नियुक्त गरिदिनुहोस्। 17 त्यो मानिस, जो तिनीहरूका सामु बाहिर जाने र भित्र आउने, र तिनीहरूलाई अगुवाइ गरेर बाहिर लैजाओस् र भित्र ल्याओस्; ताकि याहवेहका मानिसहरू गोठालाविनाका भेडाहरूजस्तै नहोऊन्।”
18 यसकारण याहवेहले मोशालाई भन्नुभयो, “नूनका छोरा यहोशूलाई लैजा। त्यो मानिसमा नेतृत्वको आत्मा छ र त्यसमाथि तेरो हात राख्। 19 त्यसलाई पुजारी एलाजार र सारा समुदायको सामु खडा गर्। अनि तिनीहरूको उपस्थितिमा त्यसलाई अगुवाको जिम्मेवारी सुम्पिदे। 20 तेरो अधिकारको केही भाग त्यसलाई दिनू, र सारा इस्राएली समुदायले त्यसको आज्ञा मान्नेछन्। 21 त्यो एलाजार पुजारीको अगि खडा होस्, जसले याहवेहको सामु ऊरीमद्वारा यहोशूका निम्ति निर्णय प्राप्त गर्नेछ। यहोशूको आज्ञामा सारा इस्राएली समुदाय बाहिर जानेछन्, र त्यसकै आज्ञामा तिनीहरू भित्र आउनेछन्।”
22 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले गरे। तिनले यहोशूलाई लगे। अनि तिनलाई पुजारी एलाजार र सारा समुदायको अगि खडा गरे। 23 त्यसपछि तिनले आफ्ना हात तिनीमाथि राखे, र याहवेहले मोशाद्वारा आज्ञा दिनुभएजस्तै अगुवाको जिम्मेवारी सुम्पिदिए।
<- गन्ती 26गन्ती 28 ->