4 राजाले मलाई भन्नुभयो, “तिमी मबाट के चाहन्छौ?”
6 तब राजाले, रानी पनि उनको साथमा बसिरहेकी अवस्थामा मलाई सोध्नुभयो, “यात्राको लागि तिमीलाई कति समय लाग्नेछ र तिमी कहिले फर्कनेछौ?” मलाई यरूशलेम पठाउन राजालाई असल लाग्यो। यसकारण मैले यरूशलेम जान समय निर्धारण गरेँ।
7 मैले राजालाई यो पनि बिन्ती गरेँ, “यदि राजालाई असल लागे, के यूफ्रेटिस पारिका राज्यपालहरूलाई लेखिएको पत्र म पाउन सक्छु, ताकि म यहूदा नपुगेसम्म तिनीहरूले मप्रति असल व्यवहार गरून्? 8 अनि के म राजकीय वनका अधिकारी आसापलाई लेखिएको एउटा पत्र पनि पाउन सक्छु; ताकि मन्दिरको छेउको किल्लाका मूलढोकाहरूका निम्ति चौकस, सहरको पर्खाल र म बस्ने घरको निम्ति काठहरू तिनले मलाई देऊन्?” मेरा परमेश्वरका अनुग्रही हात ममाथि रहेको कारण राजाले मेरा बिन्तीहरूमा मन्जुर हुनुभयो। 9 यसकारण म यूफ्रेटिस नदीपारिका राज्यपालहरूकहाँ गएँ, र तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मसित सेनापतिहरू र घोडचढीहरू पनि पठाइदिनुभएको थियो।
10 जब होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबियाहले इस्राएलीहरूको भलाइ गर्न खोज्ने कोही व्यक्ति आएका छन् भन्ने कुरा सुने, तब तिनीहरू साह्रै विचलित भए।
13 म राति नै बेँसीको मूलढोका हुँदै स्याल[a] पोखरी र फोहोरे मूलढोका भएर यरूशलेमका पर्खालहरू जाँच गर्दैगएँ, जुनचाहिँ भत्काइएका र त्यसका मूलढोकाहरू आगोले जलाएर भस्म पारिएका थिए। 14 त्यसपछि म फोहरा मूलढोका र राजाको पोखरीतिर अगि बढेँ, तर त्यहाँ मेरो पशुलाई छिर्ने ठाउँ थिएन। 15 यसकारण पर्खालहरू जाँच गर्दै म राति नै बेँसीमा उक्लेँ। आखिरमा म फर्केर बेँसीको मूलढोका हुँदै सहरभित्र पसेँ। 16 अधिकारीहरूलाई म कहाँ गएको थिएँ, अथवा मैले के गर्न लागेको थिएँ, त्यो कुरा थाहा भएन। किनकि मैले यहूदीहरू वा पुजारीहरू वा अधिकारीहरू वा अधिकृतहरू, अर्थात् अरू कामको जिम्मा लिने कसैलाई पनि केही भनेको थिइनँ।
17 तब मैले तिनीहरूलाई भनेँ, “हामी जुन कष्टमा छौँ, त्यो तिमीहरूले देखेका छौ: यरूशलेम भत्किएको अवस्थामा छ, र यसका मूलढोकाहरू आगोले जलाइएका छन्। आओ, हामी यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ। तब हामी फेरि अपमानित भएर रहन पर्नेछैन।” 18 ममाथि मेरा परमेश्वरका अनुग्रही हात रहेको र राजाले मलाई भन्नुभएका सबै कुरा मैले तिनीहरूलाई भनिदिएँ।
19 तर जब होरोनी सन्बलत, अधिकृत अम्मोनी तोबियाह र अरबी गेशेमले यस बारेमा सुने, तब तिनीहरूले हाम्रो खिल्ली उडाए, र हाम्रो गिल्ला गरे। तिनीहरूले सोधे, “तिमीहरूले यो के गरेको? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?”
20 मैले तिनीहरूलाई यसो भनेर जवाफ दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफलता दिनुहुनेछ। हामी उहाँका सेवकहरूले पुनर्निर्माणको काम सुरु गर्दैछौँ। तर तिमीहरूको बारेमा चाहिँ यरूशलेममा तिमीहरूको कुनै हिस्सा छैन, वा यसमा कुनै दाबी छैन; न त ऐतिहासिक अधिकार नै छ।”
<- नहेम्याह 1नहेम्याह 3 ->- a अथवा अजिङ्गरे वा नेभारे