25 मत्तन्याह, बक्बुक्याह, ओबदियाह, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ द्वारपालहरू थिए, जो मूलढोकाहरूका भण्डार कोठाहरूमा पहरा दिन्थे। 26 तिनीहरूले येशूआका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्यपाल नहेम्याह र पुजारी शिक्षक एज्राका पालामा सेवा गरेका थिए।
31 त्यसपछि मैले यहूदाका अगुवाहरूलाई पर्खालमाथि जान लगाएँ। मैले दुई वटा ठूला गायन झुण्डहरूलाई पनि धन्यवाद चढाउने काममा नियुक्त गरेँ। एक दलचाहिँ पर्खालमाथि चढेर दाहिनेपट्टि फोहोर ढोकातिर जानुपर्ने थियो। 32 होशायाह र यहूदाका आधा भाग अगुवाहरूले तिनीहरूलाई पछ्याए; 33 अनि अजर्याह, एज्रा, मशुल्लाम, 34 यहूदा, बेन्यामीन, शमायाह, यर्मिया, 35 केही पुजारीहरू तुरही सहित र जकरिया जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकायाका छोरा, जो जक्कूरका छोरा, जो आसापका छोरा थिए; 36 अनि जकरियाका सहयोगी दाजुभाइहरू शमायाह, अजरेल, मिललै, गिललै, माए, नथनिएल, यहूदा र हनानी—तिनीहरू परमेश्वरका जन दावीदले तोकिदिएका वाद्य-वाजाहरूसित थिए। व्यवस्थाको शिक्षक एज्रालेचाहिँ शोभायात्राको नेतृत्व गरे। 37 फोहरा मूलढोकामा तिनीहरूले दावीदको सहरका खुड्किलाहरूमा सोझै माथि उक्लँदै अगि बढे, र पर्खालमाथि चढे। त्यसपछि तिनीहरू दावीदको घरमाथिबाट पार भएर पूर्वतिरको पानी मूलढोकामा गए।
38 गायन-झुण्डको दोस्रो दलचाहिँ विपरीत दिशातिर बढे। म आधा मानिसहरूसँगै पर्खालको माथिसम्म तिनीहरूका पछि-पछि गएँ र भट्टीको धरहरा पार गरेर चौडा पर्खालसम्म गएँ। 39 एफ्राइम मूलढोकामाथि, येशना ढोका, माछा ढोका, हननेलको धरहरा र सयको धरहराहुँदै भेडा ढोकासम्म गएँ। अनि तिनीहरू पहरेदार ढोकामा रोकिए।
40 धन्यवाद चढाइसकेपछि दुई वटा गायन झुण्डहरू परमेश्वरको भवनमा तिनीहरूका ठाउँमा बसे; अनि मैले पनि तिनीहरूसित त्यसै गरेँ, अर्थात् अधिकृतहरूको आधा भागहरूसँग बसेँ। 41 साथै पुजारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्याहसँगै तिनीहरूका तुरही बजाउँदै हिँडे। 42 साथै मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एजेर थिए। गायन झुण्डले यिज्रयाहको निर्देशनमा गीत गाए। 43 परमेश्वरले तिनीहरूलाई ठूलो आनन्द दिनुभएकोमा त्यस दिन तिनीहरूले आनन्दसाथ ठूलो बलिदानहरू चढाए। स्त्रीहरू र केटाकेटीहरूले पनि आनन्द मनाए। यरूशलेममा हर्ष मनाइएको आवाज धेरै टाढासम्म पनि सुन्न सकिन्थ्यो।
44 त्यस बेला भेटीहरू, अगौटे फलहरू र दशांशहरूका भण्डार कोठाहरूको जिम्मावाल हुनलाई मानिसहरू नियुक्त गरियो। तिनीहरूले सहरहरूका वरिपरिका खेतहरूबाट व्यवस्थाअनुसार पुजारीहरू र लेवीहरूका निम्ति तोकिएका भागहरू भण्डार कोठाहरूमा जम्मा गर्नुपर्थ्यो, किनकि सेवा गर्ने पुजारीहरू र लेवीहरूसित सारा यहूदाबासीहरू खुशी थिए। 45 तिनीहरूले आफ्ना परमेश्वरको सेवा र शुद्धीकरणको सेवा गर्थे। सङ्गीतकारहरू र द्वारपालहरूले पनि दावीद र तिनका छोरा सोलोमनका आदेशअनुसार सेवा गर्थे। 46 किनकि धेरै समयअगि दावीद र आसापका समयमा सङ्गीतकारहरूका निम्ति र परमेश्वरलाई प्रशंसा र धन्यवादका गीतहरू गाउनेहरूका निम्ति निर्देशकहरू हुन्थे। 47 यसकारण यरुबाबेल र नहेम्याहका दिनहरूमा सारा इस्राएलले सङ्गीतकारहरू र द्वारपालहरूका निम्ति दैनिक भागहरू दिए। तब तिनीहरूले अरू लेवीहरूका निम्ति पनि भाग छुट्याएर राख्थे; अनि लेवीहरूले चाहिँ हारूनका सन्तानको भाग छुट्ट्याए।
<- नहेम्याह 11नहेम्याह 13 ->