5 यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?”
6 उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए; जस्तो लेखिएको छ:
9 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ! 10 किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’[b] अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’[c] 11 तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुर्बान हो’ अर्थात् परमेश्वरलाई चढाइसकिएको भेटी भन्यो भने, 12 तिमीहरू त्यसलाई आफ्ना बुबा वा आमाका लागि केही गर्न दिँदैनौ। 13 यसरी तिमीहरूले चलिआएको आफ्ना परम्पराद्वारा परमेश्वरको वचनलाई व्यर्थको तुल्याउँछौ। तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।”
14 येशूले भीडलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरू हरेकले मेरो कुरा सुन, र त्यसलाई बुझ। 15 मानिसको बाहिरबाट कुनै पनि कुरा ऊभित्र पसेमा उसलाई अशुद्ध बनाउन सक्दैन। बरु उसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्। 16 जसको सुन्ने कान छ, त्यसले सुनोस् र बुझोस्।[d]”
17 उहाँ भीडलाई छोडेर घरभित्र पस्नुभयो, तब उहाँका चेलाहरूले उहाँलाई त्यस दृष्टान्तको विषयमा सोधे। 18 उहाँले सोध्नुभयो, “के तिमीहरू यतिका अबुझ छौ? बाहिरबाट मानिसभित्र पसेको कुनै कुराले पनि उसलाई अशुद्ध बनाउन सक्दैन भनी तिमीहरू जान्दैनौ? 19 किनकि त्यो त उसको हृदयमा होइन, तर पेटमा पस्छ, र शरीरबाट बाहिर निस्कन्छ।” त्यसो भनेर येशूले सबै भोजन शुद्ध छन् भनी घोषणा गर्नुभयो।
20 उहाँले अझ भन्नुभयो: “मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ। 21 किनकि मानिसको हृदयबाट दुष्ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या, 22 व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता। 23 यी सबै दुष्ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।”
27 उहाँले तिनलाई भन्नुभयो, “पहिला बालबच्चालाई पेटभरि खान देऊ; किनकि तिनीहरूको रोटी लगेर कुकुरहरूलाई फालिदिनु उचित होइन।”
28 तिनले जवाफ दिइन्, “हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि बालबच्चाले खसालेका टुक्राहरू खान्छन्।”
29 तब उहाँले तिनलाई भन्नुभयो, “तिमीले यस्तो जवाफ दिएको हुनाले तिमी घरमा जाऊ; तिम्री छोरीलाई भूतले छोडिसकेको छ।”
30 तिनी घर फर्केर गइन्, र आफ्नी छोरीलाई ओछ्यानमा ढल्किएकी र भूत निस्किसकेको भेट्टाइन्।
33 येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो र आफ्ना औँलाहरू त्यस मानिसका कानहरूमा हाल्नुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो। 34 उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्नुभयो, “एफाता!” (जसको अर्थ हो, “खोलिजा!”) 35 तुरुन्तै त्यस मानिसका कानहरू खोलिए; त्यसको जिब्रो चल्यो र त्यो स्पष्ट गरी बोल्न थाल्यो।
36 येशूले तिनीहरूलाई यो कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे। 37 मानिसहरू आश्चर्यचकित भएर तिनीहरूले भने, “उहाँले हरेक कुरा असल गर्नुभएको छ! उहाँले बहिरोलाई सुन्न सक्ने र लाटोलाई बोल्न सक्ने बनाउनुहुन्छ।”
<- मर्कूस 6मर्कूस 8 ->