4 “तब तिनले अझ बढी सेवकहरू पठाए र भने, ‘ती निम्ता गरिएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भनी भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएका छन्; अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ।’
5 “तर ती कसैले पनि ध्यान दिएनन्; अनि एउटा आफ्नो खेततिर र अर्कोचाहिँ आफ्नो व्यापारतिर गइहाले। 6 अरू बाँकी रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे र मारे। 7 राजा अति रिसाए, र तिनले आफ्ना सेनाहरू पठाए, र ती हत्याराहरूलाई नाश पारिदिए, र तिनीहरूका सहरहरू जलाइदिए।
8 “तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउन योग्यका ठहरिएनन्। 9 यसकारण सडकका कुनाहरूतिर जाओ, र जसलाई भेट्टाउँछौ, त्यसलाई भोजमा आउन निम्तो देओ।’ 10 यसकारण ती सेवकहरू सडकतिर गए, र के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए; अनि विवाहको घर पाहुनाहरूले भरियो।
11 “तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, त्यहाँ तिनले विवाहको वस्त्र नलाएको एक जना मानिसलाई देखे। 12 तिनले सोधे, ‘ए साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो।
13 “तब राजाले कर्मचारीहरूलाई भने, ‘यसका हातखुट्टा बाँधेर बाहिर अँध्यारोमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
14 “किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”
18 येशूले तिनीहरूका दुष्ट अभिप्राय जानेर भन्नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ? 19 कर तिर्दा प्रयोग गरिने सिक्का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए। 20 अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?”
21 “सिजरको,” तिनीहरूले जवाफ दिए।
22 जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे, र उहाँलाई छोडेर गइहाले।
29 येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्वरको शक्तिलाई नजानेकाले भ्रममा परेका छौ। 30 पुनरुत्थानमा मानिसहरू न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्। 31 तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, के तिमीहरूले पढेका छैनौ? 32 ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, र याकोबका परमेश्वर हुँ।’[a] उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।”
33 जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्क परे।
37 येशूले जवाफ दिनुभयो: “ ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’[b] 38 यही नै पहिलो र सबैभन्दा महान् आज्ञा हो। 39 अनि दोस्रो पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूले आफ्ना छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’[c] 40 सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।”
43 उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए दावीदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्,
Languages