Link to home pageLanguagesLink to all Bible versions on this site
4
न्याय र करारको नवीकरण
1 “त्यो दिन निश्‍चय नै आउँदैछ; त्यो भट्टीको आगोझैँ दन्कनेछ। सबै अहङ्कारी र दुष्कर्मीहरू ठुटा समान हुनेछन्; अनि त्यो आउँदैगरेको दिनमा तिनीहरू आगोमा जल्नेछन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “तिनीहरूको एउटै हाँगा वा जरा पनि बाँकी रहनेछैन। 2 तर तिमीहरू जसले मेरो नामको आदर गर्दछौ, तिमीहरूमाथि धार्मिकताको सूर्य आफ्नो किरणमा चङ्गाइ लिएर उदाउनेछ। अनि तिमीहरू बाहिर जानेछौ र बलिया बाछाझैँ खुशीले उफ्रनेछौ। 3 तब तिमीहरूले दुष्‍टहरूलाई कुल्चीमिल्ची गर्नेछौ; अनि जुन दिन म यो काम गर्नेछु, त्यो दिन दुष्‍टहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

4 “मेरो सेवक मोशाको व्यवस्था, आदेश र नियमहरूको सम्झना गर, जुन मैले होरेब पर्वतमा सारा इस्राएलीहरूका निम्ति त्यसलाई दिएको थिएँ।

5 “हेर, याहवेहको त्यो महान् र डरलाग्दो दिन आउनुभन्दा अगि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु। 6 त्यसले बुबाहरूका हृदय तिनका छोराहरूपट्टि र छोराहरूका हृदय तिनका बुबाहरूपट्टि फर्काउनेछ; नत्रता म आउनेछु र पूरै देशलाई नाश गर्नेछु।”

<- मलाकी 3