1 “हेर, म मेरो दूतलाई पठाउनेछु, जसले मेरो अगि-अगि बाटो तयार गर्नेछ। तब तिमीहरूले खोजिरहेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ; तिमीहरूले चाहना गरेका करारका सन्देशवाहक आउनुहुनेछ,” सेनाहरूका याहवेह भन्नुहुन्छ।
2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ? उहाँ देखा पर्नुहुँदा को खडा रहन सक्छ? किनकि उहाँ सुनारको आगो अथवा धोबीको साबुनजस्तो हुनुहुनेछ। 3 उहाँ चाँदी खार्ने र सफा गर्ने व्यक्तिझैँ बस्नुहुनेछ; अनि लेवीहरूलाई खारेर सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब धार्मिकतासाथ भेटी चढाउने मानिसहरू याहवेहकहाँ आउनेछन्; 4 अनि यहूदा र यरूशलेमका भेटीहरू अगिका दिन र वर्षहरूमा जस्तै याहवेहलाई ग्रहणयोग्य हुनेछन्।
5 “यसरी म तिमीहरूको न्याय गर्नलाई नजिक आउनेछु। म तन्त्रमन्त्र गर्नेहरू, व्यभिचारीहरू र झूटा शपथ खानेहरूको विरुद्धमा; अनि मजदुरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र अनाथमाथि अत्याचार गर्नेहरू र विदेशीहरूलाई न्यायबाट बञ्चित गर्नेहरू; अनि मेरो भय नमान्नेहरूका विरुद्धमा गवाही दिनेछु,” सेनाहरूका याहवेह भन्नुहुन्छ।
8 “के कुनै मरणशील मानिसले परमेश्वरलाई लुट्छ र? तर तिमीहरूले त मलाई लुटेका छौ।
14 “तिमीहरूले भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ। उहाँका आज्ञाअनुसार जिम्मेवारीहरू पूरा गर्दै, सेनाहरूका याहवेहको सामु विलाप गर्नेहरूजस्ता हिँडेर हामीलाई के लाभ भयो र? 15 तर अहिले हामी अहङ्कारीहरू नै आशिषित छन् भन्छौँ। किनकि दुष्कर्मीहरू नै सफल हुन्छन्, र तिनीहरूले परमेश्वरलाई चुनौती दिए तापनि तिनीहरू सकुशल उम्कन्छन्।’ ”
17 सेनाहरूका याहवेह भन्नुहुन्छ, “त्यस दिन जब म काम गर्नेछु, तिनीहरू मेरो बहुमूल्य निजी धन हुनेछन्। जसरी एउटा बुबाले आफ्नो सेवा गर्ने छोरालाई जोगाउँछ, त्यसरी नै म तिनीहरूलाई जोगाउनेछु। 18 अनि तिमीहरू सबैले धर्मी र अधर्मीको बीचमा, परमेश्वरको सेवा गर्ने र नगर्नेको बीचमा के भिन्नता रहेछ, त्यो फेरि बुझ्नेछौ।
<- मलाकी 2मलाकी 4 ->