4 जब ठूलो भीड जम्मा भए, र धेरै मानिसहरू सहर-सहरबाट येशूकहाँ आएका थिए, तब उहाँले यो दृष्टान्त भन्नुभयो: 5 “एक जना किसान बिउ छर्नलाई निस्क्यो। उसले जब बिउ छर्दैथियो, तब केही बिउ बाटोमा परे; ती कुल्चिइए र आकाशका चराहरूले आएर खाइदिए। 6 केही ढुङ्गेनी जमिनमा परे। उम्रिने बित्तिकै ती बिरुवाहरू सुकिहाले; किनकि तिनमा ओस थिएन। 7 केही बिउ काँडाहरूका झाडीमा परे, जो ती साथसाथै बढेर आए, र बिरुवाहरूलाई निसासिदिए। 8 कतिपय बिउ असल जमिनमा खसे; र ती उम्रिए। अनि छरिएकोभन्दा सय गुणा बढी फल फलाए।”
9 उहाँका चेलाहरूले यो दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे। 10 उहाँले भन्नुभयो, “परमेश्वरको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ; तर अरूहरूसँग म दृष्टान्तद्वारा बोल्छु, यसरी धर्मशास्त्र पूरा होस्:
11 “दृष्टान्तको अर्थ यही हो, बिउचाहिँ परमेश्वरको वचन हो। 12 बाटोतिर परेका तिनीहरू हुन्, जसले वचन त सुन्छन्, तर तिनीहरूले विश्वास नगरून् र मुक्ति नपाऊन् भनी शैतान आउँछ, र तिनीहरूका हृदयबाट वचन लैजान्छ। 13 ढुङ्गेनी ठाउँमा परेका तिनीहरू हुन्, जसले सुन्दैगर्दा वचन बडो आनन्दसाथ ग्रहण गर्छन्, तर तिनको कुनै जरा हुँदैन। तिनीहरू केही बेरका निम्ति विश्वास त गर्छन्, तर परीक्षाको समयमा तिनीहरू पछि हट्छन्। 14 काँडाहरूका बीचमा परेका तिनीहरूलाई दर्शाउँछ, जसले वचन सुन्छन्, तर आफ्नो बाटोमा अगि बढ्दै जाँदा जीवनको चिन्ता, धनसम्पत्ति र सुख-चैनका कारण निसासिन्छन्, र परिपक्व हुन पाउँदैनन्। 15 तर असल जमिनमा परेको बिउले तिनीहरूलाई दर्शाउँछ, जसको हृदय निष्कपट र भलो छ, तिनीहरूले वचन सुन्छन्, त्यसलाई हृदयमा जोगाइराख्छन् र मेहनत गरी फल फलाउँछन्।
21 उहाँले जवाफ दिनुभयो, “मेरी आमा र मेरा भाइहरू तिनीहरू नै हुन्, जसले परमेश्वरको वचन सुन्छन् र त्यो पालन गर्छन्।”
24 तब उहाँकहाँ गएर चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त डुब्नै लाग्यौँ!”
30 येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?”
32 त्यहाँ डाँडामा एक हुल सुँगुरहरू चरिरहेका थिए। भूतआत्माहरूले तिनीहरूलाई ती सुँगुरहरूभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। उहाँले अनुमति दिनुभयो। 33 तब त्यो मानिसबाट भूतहरू निस्केर ती सुँगुरहरूभित्र पसे। त्यो हुल भिरालो पाखाबाट हुरमुरिँदै गएर तालमा खसे, र डुबेर मरे।
34 जब सुँगुर चराउनेहरूले त्यहाँ यो भएको घटना देखे, तब तिनीहरू भागे। अनि सहर र गाउँतिर यसको खबर दिए। 35 मानिसहरू जे घटेको थियो, त्यो हेर्न गए। येशूकहाँ आउँदा तिनीहरूले जुन मानिसबाट भूतआत्माहरू निस्केर गएका थिए, त्यो मानिस ठिक दिमागको भएर लुगा लगाएर येशूका पाउमा बसिरहेका भेट्टाए। यो देखेर तिनीहरू डराए। 36 जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्ट आत्मा लागेको मानिस कसरी निको पारियो भनी मानिसहरूलाई भनिदिए। 37 तब गिरासिनी इलाकाका सबै मानिसहरूले येशूलाई तिनीहरूका ठाउँबाट छोडेर गइहाल्न बिन्ती गरे; किनकि तिनीहरू अत्यन्तै डराएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो।
38 जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले उहाँकै साथमा जान पाऊँ भनी बिन्ती गर्यो; तर येशूले त्यसलाई यसो भन्दै पठाउनुभयो, 39 “तिमी आफ्नै घरमा फर्क। परमेश्वरले तिम्रा निम्ति कति ठूला काम गरिदिनुभएको छ, सो भनिदेऊ।” अनि त्यो मानिस गयो र येशूले त्यसका निम्ति कति ठूलो काम गर्नुभयो, सो कुरा सारा सहरभरि प्रचार गरिहिँड्न थाल्यो।
45 येशूले “कसले मलाई छोयो?” भनी सोध्नुभयो।
46 तर येशूले भन्नुभयो, “कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।”
47 तब त्यस स्त्रीले आफू उम्केर जान नसक्ने देखेर काम्दै आई, र येशूको पाउमा घोप्टो परी। उसले उहाँलाई किन छोएकी थिई र ऊ कसरी तुरुन्तै निको भई, त्यो कुरा सबै मानिसहरूका सामु बताइदिई। 48 तब उहाँले उसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ; शान्तिसँग जाऊ!”
49 येशू बोलिरहनुभएकै बेला सभाघरका शासक याइरसको घरबाट एक जना मानिस आइपुग्यो र त्यसले भन्यो, “तपाईंकी छोरीको मृत्यु भइसकेको छ; अब गुरुज्यूलाई कष्ट नदिनुहोस्।”
50 यो सुनेर येशूले याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर, र ऊ निको हुनेछे।”
51 याइरसको घरमा आइपुगेपछि उहाँले पत्रुस, यूहन्ना, याकोब, र केटीका आमा र बुबाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन। 52 त्यस बेला सबै जना त्यस केटीका लागि रोइरहेका र बिलौना गरिरहेका थिए। तर उहाँले भन्नुभयो, “बिलौना नगर, ऊ मरेकी छैन, तर निदाएकी मात्र छे।”
53 त्यो मरिसकेकी छ भनी जानेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए। 54 तर उहाँले त्यसको हात समातेर भन्नुभयो, “मेरी छोरी, उठ!” 55 अनि त्यसको आत्मा फेरि फर्केर आयो, र ऊ तुरुन्तै उठी। त्यसपछि येशूले उसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो। 56 त्यसका आमाबुबा आश्चर्यचकित भए, तर उहाँले तिनीहरूलाई जे भएको थियो, त्यसबारे कसैलाई नभन्नू भन्ने आज्ञा दिनुभयो।
<- लूका 7लूका 9 ->