7 “ ‘दोषबलिका नियमहरू पाप शुद्धीकरण बलि समान हुन्: तिनका निम्ति एउटै व्यवस्था छ। जुन पुजारीले त्यो चढाएर प्रायश्चित गर्छ, त्यो त्यसैको हो। 8 कसैका निम्ति होमबलि चढाउने पुजारीले त्यसको छाला आफ्नै निम्ति राख्न सक्छ। 9 चुलोमा पकाइएका अथवा ताप्के वा तावामा पकाइएका हरेक अन्नबलि त्यसलाई चढाउने पुजारीको हो। 10 जैतुन तेलसँग मिसाइएको अथवा सुक्खा हरेक अन्नबलि हारूनका सबै छोराहरूका निम्ति बराबर भाग हो।
12 “ ‘यदि यसलाई धन्यवाद दिनलाई चढाएको हो भने त्यसले आफ्नो धन्यवाद बलिको साथमा अखमिरी, जैतुन तेल मिसाएर पकाइएको बाक्लो रोटी, अखमिरी, तेल दलेर बनाइएको पातलो रोटी र मसिनो पिठो राम्रो गरी मुछेर तेल मिसाएको फुरौला चढाओस्। 13 त्यसले आफ्नो धन्यवादको मेलबलिसित खमिर मिसाएको बाबरको रोटी भेटी चढाओस्। 14 त्यसले हरेक किसिमका रोटी एक-एक गरी भेटीको रूपमा याहवेहका निम्ति स्वेच्छा भेटीस्वरूप ल्याओस्। यो मेलबलिको रगत छर्कने पुजारीको हो। 15 धन्यवादको मेलबलिको मासु त्यसलाई चढाइएको दिनमै खाइयोस्। त्यसले यसको केही भाग पनि बिहानसम्म नराखोस्।
16 “ ‘तर यदि त्यसको भेटी भाकलको अथवा स्वेच्छा-भेटी हो भने त्यो बलिदान यसलाई चढाइएकै दिन खाइयोस्। तर केही उब्रियो भने भोलिपल्ट खान सकिन्छ। 17 तेस्रो दिनसम्म उब्रेका बलिदानको मासु जलाइयोस्। 18 यदि कसैले मेलबलिको मासु उब्रेको तेस्रो दिनमा खायो भने त्यो ग्रहणयोग्य हुनेछैन। त्यो अशुद्ध भएकोले त्यसलाई चढाउनेले त्यो चढाएको मान्यता पाउनेछैन। यसलाई खाने व्यक्ति दोषी ठहरिनेछ।
19 “ ‘विधिपूर्वक अशुद्ध कुरालाई छोएको मासु खान हुँदैन, त्यो जलाइयोस्। अरू मासुचाहिँ विधिपूर्वक शुद्ध भएकाहरूले खान सक्छन्। 20 तर कुनै अशुद्ध व्यक्तिले मेलबलिबाट याहवेहको भाग खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्। 21 यदि कसैले कुनै अशुद्ध कुरा छोयो भने चाहे त्यो मानिसको अशुद्धता अथवा अशुद्ध पशु वा कुनै घृणित कुरो होस्, त्यसले याहवेहका मेलबलिको भाग खायो भने त्यस व्यक्तिलाई समाजबाट बहिष्कार गरियोस्।’ ”
35 याहवेहकहाँ अग्निबलिको भेटीको भाग यही हो, जुन पुजारी भई सेवा गर्नलाई हारून र त्यसका छोराहरूलाई प्रस्तुत गरिएको दिन तिनीहरूका निम्ति भाग लगाइएको थियो। 36 तिनीहरू अभिषेक भएको दिन याहवेहले इस्राएलीहरूलाई पुस्तौँसम्म आफ्नो नियमित भाग तिनीहरूलाई दिनू भनी आज्ञा दिनुभयो।
37 यसकारण होमबलि, अन्नबलि, पाप शुद्धीकरण बलि, दोषबलि, अर्पणबलि, भेटी र मेलबलिका नियमहरू यिनै हुन्, 38 जुन याहवेहले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो; त्यही दिन सीनैको मरुभूमिमा याहवेहले इस्राएलीहरूलाई उहाँका निम्ति भेटी ल्याउने आज्ञा गर्नुभएको थियो।
<- लेवी 6लेवी 8 ->