8 “शुद्ध हुनुपर्ने त्यस मानिसले आफ्ना लुगा धोओस्। आफ्ना सबै कपाल खौरोस् र पानीले नुहाओस्। त्यसपछि त्यो शुद्ध हुनेछ। त्यसपछि त्यो छाउनीभित्र पस्न सक्छ। तर त्यो सात दिनसम्म आफ्नो पालको बाहिर बस्नुपर्छ। 9 सातौँ दिनमा त्यसले आफ्नो शिर, आफ्नो दाह्री आफ्ना आँखीभौँहरू, र सबै रौँहरू खौरोस्। त्यसले आफ्नो लुगा धोओस्, र पानीले नुहाओस्। अनि त्यो विधिपूर्वक शुद्ध हुनेछ।
10 “आठौँ दिनमा त्यसले भेडाका दुई वटा पाठाहरू र एउटी पाठी, सबै एकवर्षे र निष्खोट अनि अन्नबलिका निम्ति मसिनो पिठो जैतुन तेलसँग मिसाएको एपाको दश भागको तीन भाग[a] र एक लोग[b] तेल ल्याओस्। 11 त्यसलाई शुद्ध घोषणा गर्ने पुजारीले शुद्ध हुनुपर्ने व्यक्ति र भेटी दुवैलाई याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्।
12 “तब पुजारीले त्यो तेलसमेत भेडाका पाठाहरूमध्ये एउटालाई लिएर दोषबलिस्वरूप चढाओस्। विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहलाई चढाओस्। 13 त्यसले त्यस भेडालाई पवित्रस्थानमा पाप शुद्धीकरण बलि र होमबलि मारिने ठाउँमा मारोस्। पाप शुद्धीकरण बलिझैँ दोषबलि पुजारीको हो; त्यो अति पवित्र छ। 14 पुजारीले दोषबलिको रगतबाट केही लिएर शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्। 15 त्यसपछि पुजारीले केही तेल लिएर आफ्नै देब्रे हातको हत्केलामा खन्याओस्। 16 पुजारीले उसको हत्केलामा भएको तेलमा आफ्नो दाहिने हातको औँला चोपोस्। अनि आफ्नो औँलाले त्यसबाट केही याहवेहको सामु सात चोटि छर्कोस्। 17 पुजारीले आफ्नो हत्केलामा उब्रेको तेलबाट केही तेल शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा दोषबलिको रगतको माथिल्लोपट्टि छर्किदेओस्। 18 पुजारीको हत्केलाको बाँकी तेल उसले शुद्ध हुनपर्नेको शिरमा लगाएर त्यसका निम्ति याहवेहको सामु प्रायश्चित गरोस्।
19 “त्यसपछि पुजारीले पाप शुद्धीकरण बलि चढाएर आफ्नो अशुद्धिबाट शुद्ध हुनुपर्नेका निम्ति प्रायश्चित गरोस्। त्यसपछि पुजारीले होमबलि चढाइने पशु मारोस्। 20 अनि त्यसलाई पुजारीले अन्नबलिसँग वेदीमा चढाओस्, र त्यसका लागि प्रायश्चित गरोस्, तब त्यो शुद्ध हुनेछ।
21 “तर यदि त्यो गरिब छ, र यी चीजहरू ल्याउन सक्दैन भने त्यसले आफ्ना निम्ति प्रायश्चित गर्न विशेष भेटीको रूपमा दोषबलिस्वरूप एउटा भेडाको पाठा, र साथमा अन्नबलिका लागि जैतुन तेल मिसाइएको एपाको दश भागको एक भाग मसिनो पिठो र एक लोग तेल ल्याओस्। 22 त्यसले ल्याउन सक्छ भने दुई वटा ढुकुर अथवा दुई वटा कलिला परेवा एउटा पाप शुद्धीकरण बलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।
23 “आठौँ दिनमा त्यसले ती कुराहरू आफ्नो शुद्धीकरणका निम्ति पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा याहवेहको सामु ल्याओस्। 24 पुजारीले दोषबलिको निम्ति ल्याइएको भेडा एक लोग तेलसँग लिएर विशेष भेटीको रूपमा उचालिनको लागि याहवेहको सामु अर्पण गरोस्। 25 त्यसले भेडालाई दोषबलिको निम्ति मारोस्। अनि त्यसको केही रगत लिएर शुद्ध हुनुपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्। 26 पुजारीले तेलबाट केही आफ्नो देब्रे हातको हत्केलामा खन्याओस्। 27 अनि आफ्नो दाहिने हातको औँलाले आफ्नो हत्केलाबाट केही तेल याहवेहको सामु सात चोटि छर्कोस्। 28 त्यसको हत्केलाको केही तेल त्यसले दोषबलिको रगत लगाएका ठाउँहरूमा लगाओस्, अर्थात् शुद्ध हुनुपर्नेको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्। 29 पुजारीले आफ्नो हत्केलामा बाँकी रहेको तेल शुद्ध हुनपर्ने व्यक्तिको शिरमा याहवेहको सामु त्यसको प्रायश्चित गर्नका निम्ति लगाओस्। 30 त्यसपछि त्यसले आफ्नो आर्थिक क्षमताअनुसार ढुकुरहरू अथवा कलिला परेवाहरू बलि चढाओस्। 31 एउटा पाप शुद्धीकरण बलिस्वरूप र अर्को होमबलिस्वरूप अन्नबलिसँग चढाओस्। यस किसिमले पुजारीले त्यस शुद्ध हुनुपर्ने व्यक्तिको पक्षमा याहवेहको सामु प्रायश्चित गर्नेछ।”
32 कुष्ठरोगको संक्रमण लागेको मानिस र आफ्नो शुद्धीकरणका निम्ति नियमित भेटीहरू चढाउने आर्थिक रूपमा असक्षम मानिसका निम्ति नियमहरू यिनै हुन्।
43 “यदि ढुङ्गाहरू उक्काइसकेपछि त्यो घर खुर्किएर लिपिसकेपछि पनि ढुसी फेरि देखा पर्यो भने, 44 पुजारीले गएर त्यसलाई जाँचोस्; अनि त्यस घरमा ढुसी फैलिएको छ भने त्यो एउटा गम्भीर ढुसी हो, र त्यो घर अशुद्ध छ। 45 त्यो भत्काइनुपर्छ, अर्थात् त्यसका ढुङ्गाहरू, काठहरू र सबै लेपहरू भत्काएर नगरबाहिर कुनै अशुद्ध ठाउँमा लगियोस्।
46 “त्यो घर बन्द भएको बेला जो त्यसभित्र पस्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। 47 त्यस घरभित्र सुत्ने अथवा खाना खानेले आफ्नो लुगा धोओस्।
48 “तर यदि पुजारीले त्यसलाई जाँच्न आउँदा त्यस घरलाई लिपेपछि ढुसी फैलिएको छैन भने त्यसले घरलाई शुद्ध भनी घोषणा गरोस्; किनकि त्यो ढुसी गइसकेको छ। 49 त्यस घरलाई शुद्ध पार्नलाई त्यसले दुई वटा पक्षीहरू, देवदारुका केही काठ, सिन्दूरे रङ्गको धागो र हिसप ल्याओस्। 50 त्यसले दुईमध्ये एउटा पक्षीलाई माटोको भाँडामा भएको ताजा पानीमाथि मारोस्। 51 त्यसपछि त्यसले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो, जिउँदो पक्षीलाई लिएर तिनीहरूलाई त्यस पक्षीको रगत र ताजा पानीमा चोपलोस्। अनि घरलाई सात चोटि छर्कोस्। 52 त्यस घरलाई त्यस पक्षीको रगत, ताजा पानी, जीवित पक्षी, देवदारुका काठ, हिसप र सिन्दूरे रङ्गको धागोले शुद्ध पारोस्। 53 त्यसपछि त्यसले त्यस जीवित पक्षीलाई नगरबाहिर खुला मैदानमा छोडिदेओस्। यस किसिमले पुजारी त्यस घरका निम्ति प्रायश्चित गर्नेछ, र त्यो शुद्ध हुनेछ।”
54 कुनै पनि प्रकारको कुष्ठरोगका लागि, लुतोको लागि, 55 लुगामा अथवा घरमा भएको ढुसीका लागि, 56 अनि सुनिएको, खस्रो र चहकिलो दागका लागि, 57 कुनै कुरालाई अशुद्ध वा शुद्ध ठहराउनका लागि नियमहरू यिनै हुन्।