9 “जब कुनै मानिसलाई कुष्ठरोगको संक्रमण छ भने त्यसलाई पुजारीकहाँ ल्याइयोस्। 10 पुजारीले त्यसलाई जाँच गर्दा, यदि छाला सुनिएर सेतो भएको छ, र त्यस ठाउँको रौँ पनि सेतो भएको छ, र यसमा आलो घाउ छ भने, 11 त्यो छालाको एउटा दीर्घकालीन रोग हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्! अनि त्यसलाई अलग्गै नराखोस्। किनकि त्यो पहिलेबाटै अशुद्ध भइसकेको छ।
12 “यदि त्यो कुष्ठरोग त्यस रोगीको सम्पूर्ण छालामा शिरदेखि खुट्टासम्म ढाकेर फैलिएको पुजारीले देख्न सक्छ भने 13 पुजारीले त्यसलाई जाँच गर्दा, कुष्ठरोगले त्यसको सम्पूर्ण शरीर ढाकेको छ भने उसले त्यस व्यक्तिलाई शुद्ध भनी घोषणा गरोस्! त्यो सम्पूर्ण सेतो भइसकेकोले त्यो शुद्ध छ। 14 तर त्यसमा आलो घाउ देखा पर्यो भने त्यो अशुद्ध हुनेछ। 15 पुजारीले आलो घाउ देखेपछि त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो आलो मासु अशुद्ध हो; त्यो कुष्ठरोग हो। 16 त्यो आलो घाउ बदलिएर सेतो भयो भने त्यो मानिस पुजारीकहाँ जाओस्। 17 पुजारीले त्यसलाई जाँच गर्दा, घाउहरू सेता भएका छन् भने पुजारीले त्यस रोगीलाई शुद्ध भनी घोषणा गरोस्; तब त्यो शुद्ध हुनेछ।
18 “कसैको छालामा पिलो निस्केर निको भयो, 19 र पिलो भएको ठाउँमा सेतो सुनिएको अथवा रातो-सेतो किसिमको दाग देखा पर्यो भने त्यो मानिस पुजारीकहाँ जाओस्। 20 पुजारीले त्यो जाँच गरोस्। अनि त्यो छालाभन्दा गहिरो देखा पर्यो र त्यसका रौँहरू सेता भएका छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्ठरोगको संक्रमण हो, जुन त्यो पिलो भएको ठाउँमा उब्जिएको हो। 21 तर पुजारीले त्यसलाई जाँच गर्दा, यदि त्यसमा सेता रौँ छैनन्, र छालाभन्दा गहिरो छैन, तर मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्। 22 छालामा त्यो फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्ठरोग संक्रमण हो। 23 तर दाग बदली भएको छ, र फैलिएको छैन भने त्यो पिलोबाट भएको एउटा दाग मात्र हो। पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।
24 “कसैको छाला जलेको छ, र रातो-सेतो किसिमको अथवा सेतो दाग जलेको ठाउँको आलो मासुमा देखियो भने, 25 पुजारीले त्यस ठाउँलाई जाँच गरोस्। अनि त्यसका रौँहरू सेता भएका छन्, र त्यो छालाभन्दा गहिरो देखिन्छ भने त्यो जलेको ठाउँबाट निस्केको कुष्ठरोग संक्रमण हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्ठरोगको संक्रमण हो। 26 तर पुजारीले त्यसलाई जाँच गर्दा, त्यस ठाउँमा सेता रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो छैन, तर त्यो मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्। 27 सातौँ दिनमा जाँच गर्दा, त्यो रोग छालामा फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो कुष्ठरोगको संक्रमण हो। 28 तरै पनि यदि त्यो दाग बदलिएको छैन, र छालामा फैलिएको छैन; तर मत्थर भएको छ भने त्यो जलेको कारणले सुनिएको हो। अनि पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यो केवल जलेको घाउबाट भएको दाग हो।
29 “कुनै पुरुष अथवा स्त्रीको शिरमा अथवा च्यापुमा घाउ छ भने, 30 पुजारीले त्यस घाउलाई जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिन्छ, र त्यसमा भएका रौँहरू पहेँला र पातला छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो टाउको तथा चिउँडोको लुतो हो। 31 तर यदि पुजारीले यस्ता किसिमको घाउ जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिँदैन। साथै त्यसमा कुनै काला रौँहरू छैनन् भने पुजारीले त्यस व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्। 32 सातौँ दिनमा पुजारीले त्यस घाउलाई जाँच गर्दा, यदि त्यो लुतो फैलिएको छैन, र त्यसमा कुनै पहेँला रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो देखिँदैन भने, 33 त्यो घाउ भएको ठाउँलाई छोडेर त्यसले आफ्नो शिर खौरोस्, चिउँडो होइन। अनि पुजारीले त्यसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्। 34 सातौँ दिनमा पुजारीले त्यस लुतोलाई जाँच गर्दा, यदि त्यो छालामा फैलिएको छैन, र त्यो छालाभन्दा गहिरो छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यसले आफ्नो लुगा धोओस्, र त्यो विधिपूर्वक शुद्ध हुनेछ। 35 तर त्यो शुद्ध ठहरिएपछि पनि त्यो लुतो छालामा फैलियो भने, 36 पुजारीले त्यसलाई जाँच गर्दा, यदि लुतो छालामा फैलिएको छ भने पुजारीलाई पहेँला रौँ हेर्न आवश्यक छैन; त्यो व्यक्ति अशुद्ध हो। 37 तरै पनि उसको जाँचअनुसार त्यो बदलिएको छैन, र त्यसमा काला रौँ उम्रेका छन् भने त्यो लुतो निको भएको छ; त्यो शुद्ध हो, र पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।
38 “कुनै पुरुष अथवा स्त्रीको छालामा सेतो दाग हुँदा, 39 पुजारीले तिनीहरूलाई जाँच गर्दा, यदि ती दागहरू हल्का सेता छन् भने त्यो हानि नगर्ने छालारोग हो, जुन छालामा उब्जिएको छ; त्यो मानिस शुद्ध हो।
40 “कुनै मानिसको कपाल पूरै झरेर शिर खुइलेको छ भने त्यो शुद्ध नै हो। 41 त्यसको कपाल त्यसको टाउकाको अगिल्तिर खुइलिएकोले, त्यसको निधार खुइलिएको छ भने त्यो शुद्ध हो। 42 तर त्यसको तालु अथवा खुइलिएको निधारमा रातो-सेतो किसिमको घाउ छ भने त्यो त्यसको शिर अथवा निधारबाट उब्जिएको कुष्ठरोग संक्रमण हो। 43 पुजारीले त्यसलाई जाँचोस्, र त्यसका शिर अथवा निधारमा भएको त्यसको सुनिएको घाउ कुष्ठरोगझैँ रातो-सेतो किसिमको छ भने, 44 त्यो मानिस कुष्ठरोगी र अशुद्ध हो। त्यसको शिरमा भएको घाउको कारण पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्।
45 “यस्तो रोगको संक्रमित व्यक्तिले च्यातिएको लुगा लगाउनुपर्छ। त्यसको कपाल नकोरिएको हुनुपर्छ।[b] त्यसले आफ्नो अनुहारको तल्लो भाग छोपेर ‘अशुद्ध! अशुद्ध!’ भनी कराओस्। 46 त्यो संक्रमण त्यसमा रहेसम्म, त्यो अशुद्ध रहनेछ। त्यो एकलै बस्नुपर्छ; त्यो छाउनीदेखि बाहिर बसोस्।
53 “तर यदि पुजारीले जाँच गर्दा ढुसी तुनेका वा बुनेका लुगामा अथवा छालाका चीजमा फैलिएको छैन भने, 54 उसले त्यो ढुसी परेको चीजलाई धुने आज्ञा देओस्। त्यसपछि त्यसलाई अर्को सात दिनसम्म त्यसले अलग्गै राखोस्। 55 त्यो संक्रमित लुगालाई धोइएपछि पुजारीले त्यसलाई पुनः जाँचोस्। अनि ढुसी फैलिएको छैन र त्यसको रूप बदलिएको छैन भने त्यो अशुद्ध हो। ढुसीले भित्री वा बाहिरी भाग असर पारेको भए तापनि त्यसलाई आगोले जलाइदिनू। 56 यदि पुजारीले त्यसलाई जाँच गर्दा त्यो लुगा धोइएपछि ढुसी हराउँदैगएको छ भने त्यसले त्यो फोहोर लागेको भागलाई त्यस लुगा वा छाला अथवा बुनेका चीजबाट च्यातिदेओस्। 57 तर यदि ढुसी लुगामा वा तुनेको अथवा बुनेका चीजमा अथवा छालाको चीजमा फेरि देखा पर्यो भने त्यो फैलिरहेको छ। अनि ढुसी परेको जुनसुकै कुरा पनि आगोद्वारा जलाइनुपर्छ। 58 धोएर ढुसीरहित बनाइएका लुगा, तुनेका वा बुनेका चीज वा छालाका कुनै चीजलाई फेरि धोइयोस्, र त्यो शुद्ध हुनेछ।”
59 ऊनी अथवा सुती लुगाहरू, तुनेका वा बुनेका चीजहरू अथवा छालाका कुनै चीजलाई ढुसीले दूषित पारेको विषयमा शुद्ध अथवा अशुद्ध भनी ठहराउनलाई यिनै विधिहरू हुन्।
<- लेवी 12लेवी 14 ->