10 “यसकारण जब इस्राएल उजाडस्थानमा भौँतारिँदै हिँडिरहेको बेला याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, उहाँले यो कुरा मोशासँग भन्नुभएदेखि उसो उहाँले मलाई पैँतालीस वर्षसम्म जीवित राख्नुभएको छ। यसरी आजको दिन म पचासी वर्षको भएको छु! 11 मोशाले मलाई जासुस गर्न पठाएको दिनमा जस्तै आज पनि म बलियो छु। म लडाइँमा जाँदा जति बलियो थिएँ, आज पनि त्यत्तिकै बलियो छु। 12 अब त्यस दिन याहवेहले मलाई प्रतिज्ञा गर्नुभएझैँ, यो पहाडी मुलुक मलाई दिनुहोस्। त्यहाँ अनाकीहरू बस्दछन्। अनि तिनीहरूका सहरहरू ठूला र सुरक्षित छन् भनी तपाईं आफैँले सुन्नुभएको छ। तर याहवेहको सहायताले म तिनीहरूलाई धपाइदिनेछु।”
13 तब यहोशूले यपून्नेका छोरा कालेबलाई आशिष् दिए। अनि तिनलाई तिनको उत्तराधिकारको रूपमा हेब्रोन दिए। 14 यसरी त्यस दिनदेखि उसो हेब्रोन कनज्जी यपून्नेका छोरा कालेबको अधीनमा छ। किनकि तिनले याहवेह इस्राएलको परमेश्वरलाई सम्पूर्ण हृदयले पछ्याएका थिए। 15 (हेब्रोनलाई किर्यत-अर्बा भनिन्थ्यो। अर्बाचाहिँ अनाकीहरू बीचका सबैभन्दा महान् मानिस थिए।)