Link to home pageLanguagesLink to all Bible versions on this site
25
बिल्ददको संवाद
1 तब बिल्दद शुहीले जवाफ दिए:
2 “प्रभुत्व र श्रद्धा परमेश्‍वरकै हुन्;
उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ।
3 के उहाँका सेनाहरूलाई गन्‍न सकिन्छ?
उहाँको ज्योति कसमाथि पर्दैन र?
4 त्यसो भए कसरी मरणशील मानिस परमेश्‍वरको अगि धर्मी हुन सक्छ?
स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र?
5 उहाँको दृष्‍टिमा त चन्द्रमा पनि चहकिलो छैन,
र ताराहरू पनि शुद्ध छैनन् भने,
6 मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो—
परमेश्‍वरको दृष्‍टिमा मानिस जाति किरा मात्रै हो!”

<- इयोब 24इयोब 26 ->