इयोबको पुस्तक
4 तिनका छोराहरूले आ-आफ्नो घरमा पालैपालो भोजको आयोजना गर्दथे। तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई आफूसँग खानपिन गर्नलाई बोलाउँथे। 5 जब भोजको कार्यक्रम सकिन्थ्यो, तब इयोबले आफ्ना सन्तानहरूलाई बोलाउँथे, र तिनीहरूलाई शुद्ध पार्ने गर्दथे। तिनी बिहान सबेरै उठेर तिनीहरू हरेकका निम्ति होमबलिहरू चढाउँथे; किनकि तिनले यो सोच्थे, “सायद मेरा छोराछोरीहरूले पाप गरे होलान् अथवा कतै तिनीहरूले आफ्ना हृदयमा परमेश्वरलाई सरापे पो होलान् कि।” यसो भनेर इयोबले सधैँ यस्तै गर्नेगर्थे।
6 एक दिन परमेश्वरका दूतहरूले[a] आफूलाई याहवेहको सामु उपस्थित गराए, र शैतान[b] पनि तिनीहरूसँगसँगै आयो। 7 याहवेहले शैतानलाई भन्नुभयो, “तँ कहाँबाट आइस्?”
8 तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; निर्दोष र धर्मी मानिस, परमेश्वरको डर मान्ने र दुष्टतादेखि टाढा रहने अरू मानिस छँदैछैन।”
9 शैतानले याहवेहलाई जवाफ दिएर भन्यो, “के इयोबले कुनै कारणविना नै परमेश्वरको डर राखेको हो र? 10 के तपाईंले उसलाई, उसको परिवारलाई र ऊसँग भएका सबै थोकलाई चारैतिरबाट घेरा लगाएर रक्षा गर्नुभएको छैन र? तपाईंले उसका हातका कामहरूमा आशिष् दिनुभएको छ, त्यसैकारण उसका बगाल र बथानहरू देशभरि फैलिएका छन्। 11 तर अब तपाईंले आफ्नो हात पसारेर ऊसँग भएका सबै थोकलाई प्रहार गरेर त हेर्नुहोस्, तब उसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।”
12 याहवेहले शैतानलाई भन्नुभयो, “ठिक छ, ऊसँग भएका सबै थोक तेरै हातमा छन्, तर त्यस मानिसमाथि चाहिँ, औँलाले समेत छुन पाउँदैनस्।”
13 एक दिन जब इयोबका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोज खाइरहेका र दाखमद्य पिइरहेका थिए; तब 14 एउटा दूत इयोबकहाँ आएर भन्यो, “नजिकै गोरुहरूलाई जोतिरहेका र गधाहरू चरिरहेका थिए, 15 तब शेबाका मानिसहरूले हमला गरे; र तिनीहरू सबैलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई तरवारले मारे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
16 त्यो बोल्दाबोल्दै अर्को दूत पनि आयो र भन्यो, “आकाशबाट परमेश्वरको आगो बर्सियो, र त्यसले भेडाहरू र नोकरचाकरहरूलाई भस्म पार्यो, र म मात्र उम्केँ, तब तपाईंलाई यो खबर बताउन आएको हुँ!”
17 त्यो बोल्दाबोल्दै अर्को दूत पनि आइपुग्यो र भन्यो, “कल्दीका तीन दल छापामारहरू आए, र तपाईंका ऊँटहरूलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई पनि तरवारले मारे; अनि म मात्र उम्केँ र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
18 त्यो मानिस बोल्दाबोल्दै फेरि अर्को दूत पनि आइपुगेर भन्यो, “जब तपाईंका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोजन खाइरहेका र दाखमद्य पिइरहेका थिए; 19 तब अचानक मरुभूमिबाट एउटा ठूलो आँधीबेहरी आयो, र घरका चारै कुनामा बजारियो र त्यो तिनीहरूमाथि ढल्यो, र तिनीहरू मरे; अनि म मात्र उम्केँ र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
20 तब, इयोब उठे, र आफ्नो लबेदा च्याते, र आफ्नो केश खौरे। त्यसपछि तिनी भुइँमा दण्डवत् गर्न घोप्टो परे, 21 अनि तिनले भने:
22 यी सबै कुरामा इयोबले पाप गरेनन्, न त परमेश्वरलाई गलत कार्यको दोष नै लगाए।