4 येशूले जवाफ दिनुभयो, “हे नारी,[a] मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।”
5 उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे अह्राउनुहुन्छ, त्यही गर।”
6 यहूदीहरूले शुद्धीकरणका लागि प्रयोग गर्ने खालका हरेकमा एक-एक सय लिटर पानी अट्ने ढुङ्गाका छ वटा घ्याम्पाहरू त्यहीँ नजिकै थिए।
7 येशूले सेवकहरूलाई भन्नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
8 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।”
11 येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
12 यसपछि येशू आफ्नी आमा, उहाँका भाइहरू र उहाँका चेलाहरूसँग कफर्नहुममा जानुभयो। उहाँहरू केही दिन त्यहाँ बस्नुभयो।
18 त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई सोधे, “यी सबै कामहरू गर्ने तिमीलाई अधिकार छ भनी प्रमाणित गर्न, के तिमीले हामीलाई कुनै अलौकिक चिन्ह देखाउन सक्छौ?”
19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म फेरि यसलाई तीन दिनमा खडा गर्नेछु।”
20 तब यहूदी अगुवाहरूले जवाफ दिए, “यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो। अनि के तिमी यसलाई तीन दिनमा खडा गर्न सक्छौ?” 21 तर उहाँले भन्नुभएको मन्दिरचाहिँ उहाँको शरीर थियो। 22 उहाँ मृतकहरूबाट पुनः जीवित हुनुभएपछि उहाँका चेलाहरूले येशूले भन्नुभएको यो कुरा सम्झे। त्यसपछि तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे।
23 अब निस्तार चाडको[c] भोजको बेलामा उहाँ यरूशलेममा हुनुहुँदा, धेरै मानिसहरूले उहाँले गरिरहनुभएका अलौकिक चिन्हहरू देखे। अनि उहाँको नाममा विश्वास गरे। 24 तर येशूले आफूलाई तिनीहरूमाथि भरोसा गरेर छोड्नुभएन। किनकि उहाँले सबै मानिसहरूलाई चिन्नुहुन्थ्यो। 25 उहाँलाई मानिसको विषयमा कसैको गवाहीको आवश्यकता थिएन; किनकि मानिसको मनभित्र के छ, त्यो उहाँले जान्नुहुन्थ्यो।
<- यूहन्ना 1यूहन्ना 3 ->