4 यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको, दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनीहरूले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए। 5 राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो।
6 चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन। 7 तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागे। तिनीहरू अराबातिर[a] भागे; 8 तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेना तिनीबाट अलग भएर छरपस्ट भएका थिए; 9 र तिनी पक्राउ परे।
12 बेबिलोनका राजा नबूकदनेसरको उन्नाइसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा, राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान जसले बेबिलोनका राजाको सेवा गर्थे, यरूशलेममा आए। 13 तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए। 14 बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका सबै पर्खालहरू भत्काइदिए। 15 अङ्गरक्षकहरूका सेनापति नबूजरदानले केही गरिब मानिसहरू र सहरमा बाँकी रहेकाहरू, साथै सिपालु कारिगरहरू र बेबिलोनका राजाको पछि लाग्ने मानिसहरूलाई कैदी बनाएर निर्वासनमा लगे। 16 तर नबूजरदानले देशमा बाँकी रहेका केही अति गरिब मानिसहरूचाहिँ दाखबारी र खेतबारीहरूमा काम गर्नलाई त्यहीँ छोडिदिए।
17 बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र सबै काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे। 18 तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदो काट्ने कैँचीहरू, छर्कने बाटाहरू, थाल बटुकाहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामग्रीहरू लगे। 19 राजकीय अङ्गरक्षकका सेनापतिले बाटाहरू, धूपदानीहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, थाल बटुकाहरू र अर्घबलिको निम्ति प्रयोग गरिने बाटाहरू—निखुर सुन र चाँदीले बनिएका सबै सामग्रीहरू तिनीहरूले लगे।
20 ती दुई स्तम्भहरू, खड्कुँलो र त्यसका मुन्तिर भएका काँसाका बाह्र वटा साँढेहरू र याहवेहको मन्दिरको निम्ति सोलोमन राजाले बनाएका गुड्ने आधारहरूबाट जम्मा गरिएका काँसाहरू जसको वजन जोखेर जोख्न नसकिने थिए। 21 प्रत्येक स्तम्भ अठार क्यूबिट अग्लो र त्यसको गोलाइ बाह्र क्यूबिटको[b] थियो। प्रत्येक खम्बा चार अङ्गुल बाक्लो मोटाइ र त्यो बीचमा खोक्रो थियो। 22 एउटा खम्बाको टुप्पोमा भएको काँसाको टुप्पो पाँच क्यूबिट[c] अग्लो थियो। अनि चारैतिर काँसाका जाली र दारिमको बुट्टाले वरिपरि सिँगारिएको थियो। अर्को खम्बा पनि त्यस्तै दारिम बुट्टाले सजिएको थियो। 23 त्यस खम्बाको छेउ-छेउमा छयानब्बे वटा दारिमको बुट्टाहरू थिए; चारैतिरका जालीमाथि भएका दारिमका बुट्टाहरूको संख्या एक सय थियो।
24 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे। 25 सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र सात जना राजकीय सल्लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने प्रमुख अधिकारी प्रधान सचिवसहित, सहरमा भेट्टाइएका साठी जना मानिसहरूलाई पनि लगे। 26 सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे, र बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए। 27 त्यहाँ हमात देशको रिब्लामा राजाले तिनीहरूलाई मारे।