3 यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर त्यहाँ कैद गरेका थिए, “तैँले किन अगमवाणी गर्छस् र यसरी भन्छस्? याहवेह यसो भन्नुहुन्छ: ‘मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु र त्यसले यसलाई कब्जा गर्नेछ। 4 यहूदाका राजा सिदकियाह बेबिलोनीहरूबाट[a] उम्कनेछैन, तर निश्चय नै बेबिलोनको राजाको हातमा सुम्पिइनेछ। अनि बेबिलोनको राजासँग आफ्नै आँखाले आमने-सामने हेरेर कुरा गर्नेछ। 5 बेबिलोनको राजाले सिदकियाहलाई बेबिलोनमा लैजानेछ, जहाँ सिदकियाहलाई मैले उसको मामिलामा विचार नगरेसम्म ऊ त्यहीँ हुनेछ, याहवेह घोषणा गर्नुहुन्छ। यदि तिमीहरूले बेबिलोनीहरूको विरुद्धमा लडाइँ गर्यौ भने तिमीहरू सफल हुनेछैनौ भनेर तँ किन यसो भन्छस्।’ ”
6 तब यर्मियाले भने, “याहवेहको वचन मकहाँ आयो: 7 तेरा काका शल्लूमको छोरा हनमेल यसो भन्दै तँकहाँ भेट्न आउन लागेको छ, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्नुहोस्; किनकि तपाईं नजिकको नातेदार हुनुभएको कारण जमिन किन्ने अधिकार र कर्तव्य तपाईंको हो।’
8 “तब याहवेहले भन्नुभएझैँ मेरो भाइ हनमेल पहरेदारको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्नुहोस्। किनकि यस जमिनलाई मूल्य चुकाएर छुटाउने र अधिकार गर्ने हक तपाईंकै छ। यसकारण जमिनलाई तपाईंले नै किन्नुहोस्।’
13 “ती मानिसहरूकै उपस्थितिमा मैले बारूकलाई यी आदेशहरू दिएँ: 14 ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: सहीछाप लगाइएको र नलगाइएको यी दुवै प्रतिलिपिहरू लिएर लामो समयसम्म सुरक्षित रहून् भनेर यिनीहरूलाई माटोको भाँडोमा राख्नू। 15 किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यस देशमा फेरि घरहरू, जमिनहरू र दाखबारीहरू किनबेच गरिनेछन्।’
16 “मैले नेरियाहको छोरा बारूकलाई किनबेचको तमसुक दिइसकेपछि मैले याहवेहसँग प्रार्थना गरेँ:
26 तब याहवेहको वचन यर्मियाकहाँ आयो: 27 “म याहवेह सबै मानव-जातिका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा कठिन छ र? 28 यसकारण याहवेह यसो भन्नुहुन्छ: म यस सहरलाई बेबिलोनीहरू र बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिन लागेको छु, जसले यस सहरलाई कब्जा गर्नेछ। 29 यस सहरलाई आक्रमण गरिरहेका बेबिलोनीहरू सहरभित्र आउनेछन्, र यस सहरलाई आगो लगाइदिनेछन्। बाल देवताका छानाहरूमा धूप बालेर अरू देवताहरूलाई अर्घबलि चढाएर मलाई रिस उठाउने मानिसहरू बसेका घरहरूको साथमा यस सहरलाई पनि जलाइदिनेछन्।
30 “इस्राएल र यहूदाका मानिसहरूले तिनीहरूका जवानी अवस्थादेखि नै दुष्ट कामहरूबाहेक अरू केही पनि गरेका छैनन्। साँच्चै इस्राएलका मानिसहरूले तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाउने कामबाहेक अरू केही गरेका छैनन्, याहवेह घोषणा गर्नुहुन्छ। 31 यो यरूशलेमको सहर बनिएको दिनदेखि आजको दिनसम्म यस सहरका मानिसहरूले मलाई रिस उठाएर क्रोधित तुल्याएका छन्। यसकारण मैले यस सहरलाई आफ्नो दृष्टिबाट हटाइदिनैपर्छ। 32 इस्राएल र यहूदाका मानिसहरू, तिनीहरू, तिनीहरूका राजाहरू र अधिकारीहरू, तिनीहरूका पुजारीहरू र अगमवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूले सबै दुष्ट कामहरू गरेर मलाई क्रोधित तुल्याएका छन्। 33 तिनीहरूले मतिर तिनीहरूका अनुहार होइन, तर तिनीहरूका पीठ फर्काएका छन्; मैले तिनीहरूलाई घरी-घरी सिकाए तापनि तिनीहरूले सुनेनन् र अनुशासनलाई ग्रहण गरेनन्। 34 तिनीहरूले मेरो नाम बोकेको परमेश्वरको भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरे र भवनलाई अपवित्र पारे। 35 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई मोलेख देवतालाई बलिदान चढाउनलाई बेन-हिन्नोमको खोल्सामा बालको निम्ति अग्ला ठाउँ वा देवस्थानहरू बनाए। तिनीहरूले यस्ता घिनलाग्दा पापहरू गर्न, न त मैले तिनीहरूलाई कहिल्यै आज्ञा गरेको थिएँ, न त यस्तो कुरा मेरो मनमा नै थियो।
36 “तिमीहरू यस सहरको विषयमा यसरी भन्दैछौ, ‘तरवार, अनिकाल र रूढीद्वारा यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ’; तर याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: 37 निश्चय नै म तिनीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, जहाँ मैले आफ्नो रिस र प्रचण्ड क्रोधमा तिनीहरूलाई धपाइदिएको थिएँ। म तिनीहरूलाई यस भूमिमा फर्काएर ल्याउनेछु र तिनीहरूलाई सुरक्षित भएर बस्न दिनेछु। 38 तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु। 39 म तिनीहरूलाई एउटै हृदय र एउटै उद्देश्य दिनेछु, ताकि तिनीहरूले आफ्ना र तिनीहरूका सन्तानको भलाइका निम्ति सधैँ मेरो डर मान्नेछन्। 40 म तिनीहरूसँग अनन्तको करार बाँध्नेछु। म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ। अनि म तिनीहरूलाई मप्रति डर मान्ने बनाउनेछु। यसकारण तिनीहरू मबाट कहिल्यै तर्केर टाढा जानेछैनन्। 41 तिनीहरूको भलाइ गर्दा म आनन्दित हुनेछु; अनि मेरो सारा हृदयले र सारा प्राणले तिनीहरूलाई यस देशमा निश्चय नै स्थायी रूपमा स्थापित गर्नेछु।
42 “याहवेह यसो भन्नुहुन्छ: जसरी मैले यस जातिमाथि यी सबै विपत्ति ल्याएको छु, त्यसरी नै मैले तिनीहरूलाई प्रतिज्ञा गरेका सबै असल थोकहरू म तिनीहरूलाई दिनेछु। 43 जुन देशको बारेमा तिमीहरू यसो भन्छौ, ‘यो त उजाड र काम नलाग्ने, मानिसहरू र पशुहरू केही नभएको उजाड भूमिजस्तो छ; किनकि यो देश बेबिलोनीहरूका हातमा दिइएको छ, तर यस देशमा फेरि जमिनहरू किनिनेछन्।’ 44 चाँदीको लागि जमिनहरू किनिनेछन्, र बेन्यामीनको इलाकामा, यरूशलेमका वरिपरिका गाउँहरूमा, यहूदाका सहरहरूमा, पश्चिमी पहाडको फेद र दक्षिणतिरको पहाडी इलाकाका सहरहरूमा किनबेचको तमसुकहरूमा हस्ताक्षर गरिनेछन्। सहीछाप लाएर तमसुकहरू साक्षीका निम्ति राखिनेछन्; किनकि म तिनीहरूको सुख-शान्ति फेरि फर्काइदिनेछु,[c] याहवेह घोषणा गर्नुहुन्छ।”
<- यर्मिया 31यर्मिया 33 ->