4 यसकारण ती मारिएकी स्त्रीका पति लेवीले भने, “म र मेरी उपपत्नी बास बस्न बेन्यामीनको गेबामा पुग्यौँ। 5 रातको समयमा गेबाका मानिसहरू मेरो विरोधमा उठे, र मलाई मार्ने विचारले घरलाई घेरे। तिनीहरूले मेरी उपपत्नीलाई बलात्कार गरे, तब त्यो मरी। 6 तब मैले आफ्नी उपपत्नीको लासलाई लिएँ र टुक्रा-टुक्रा गरी काटेँ। अनि इस्राएलका उत्तराधिकारको प्रत्येक प्रान्तमा एक-एक टुक्रा पठाएँ; किनकि तिनीहरूले इस्राएलमा यस्तो अश्लील र शर्मलाग्दो काम गरे। 7 अब तपाईं सारा इस्राएलीहरूले बोल्नुहोस्, र यसको फैसला गरिदिनुहोस्!”
8 तब सबै मानिसहरू एकजुट भएर यसो भन्दै उठे, “हामी कोही पनि घर जानेछैनौँ, न त हामीमध्ये कोही पनि आफ्नो घरमा जानेछौँ। 9 तर अब हामी गेबालाई यसो गर्नेछौँः हामी चिट्ठाले निर्देशन दिएअनुसार त्यसको विरुद्धमा जानेछौँ। 10 हामी इस्राएलका सबै कुलहरूका प्रत्येक सय मानिसबाट दश जना र हजारबाट एक सय र दश हजारबाट एक हजार गरी फौजका निम्ति चाहिने सामान तयार गर्नको निम्ति लिनेछौँ। तब फौज बेन्यामीनको गेबामा आएपछि, यसले उनीहरूलाई तिनीहरूले इस्राएलमा गरेका सबै घृणित कामका निम्ति दण्ड दिन सक्नेछ।” 11 यसरी इस्राएलका सबै मानिसहरू त्यस सहरको विरुद्धमा एकजुट भएर भेला भए।
12 इस्राएलका कुलहरूले बेन्यामीनको कुलकहाँ यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूको बीचमा भएको यो डरलाग्दो अपराधचाहिँ के हो? 13 अब गेबाका ती दुष्ट मानिसहरू हामीलाई सुम्पिदेओ, र हामी तिनीहरूलाई मारेर इस्राएलबाट दुष्टता हटाउनेछौँ।”
17 बेन्यामीनीहरू बाहेक इस्राएलीहरूले चार लाख तरवारधारी लडाकु मानिस एकत्रित गरेका थिए।
18 इस्राएलीहरू बेथेलमा[a] उक्लेर गए, र परमेश्वरलाई यसो भनेर सोधे, “बेन्यामीनीहरूसित युद्ध गर्न हामीमध्ये कसले पहिले आक्रमण गर्ने?”
19 भोलिपल्ट बिहानै इस्राएलीहरू उठे, र गेबाको छेउमा छाउनी हाले। 20 इस्राएलका मानिसहरू बेन्यामीनीहरूसित युद्ध गर्न निस्के। अनि तिनीहरूका विरुद्धमा गेबामा युद्धको मोर्चा बाँधे। 21 अनि बेन्यामीनीहरू गेबामा निस्किआए, र त्यस दिन इस्राएलीहरूका बाइस हजार मानिसलाई लडाइँको मैदानमा मारे। 22 तर इस्राएलका मानिसहरूले एक-अर्कालाई साहस दिए। अनि पहिलो दिनकै ठाउँमा फेरि आफ्नो मोर्चा बाँधे। 23 इस्राएलीहरू उक्लेर गए, र याहवेहको सामु साँझसम्मै रोइरहे। अनि तिनीहरूले याहवेहलाई यसो भनेर सोधे, “के हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूको विरुद्धमा युद्ध गर्न जाऔँ?”
24 तब इस्राएलीहरू दोस्रो दिन बेन्यामीनीहरूसित युद्ध गर्न नजिक गए। 25 यस पटक जब बेन्यामीनीहरू तिनीहरूको विरोध गर्न गेबाबाट निस्किआए, तब तिनीहरूले तरवार भिरेका अरू अठार हजार इस्राएलीलाई मारे।
26 तब सबै इस्राएली र फौज बेथेलमा उक्लेर गए, र त्यहाँ तिनीहरू याहवेहको सामु बसेर रोइरहे। अनि त्यस दिन तिनीहरू साँझसम्मै उपवास बसे, तब याहवेहलाई होमबलि र मेलबलि चढाए। 27 अनि इस्राएलीहरूले याहवेहलाई फेरि सोधे। (ती दिनहरूमा याहवेहको करारको सन्दुक बेथेलमै थियो। 28 हारूनका छोरा, एलाजारको छोरा, पीनहास यसको सेवाको लागि चुनिएका थिए।) तिनीहरूले सोधे, “हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूसित युद्ध गर्न उक्लेर जाऔँ कि नजाऔँ?”
29 तब इस्राएल गेबाको चारैतिर ढुकिबसे। 30 तिनीहरू तेस्रो दिन बेन्यामीनीहरूको विरुद्धमा उक्लेर गए। अनि पहिलेझैँ गेबाको विरुद्धमा मोर्चा बाँधे। 31 बेन्यामीनीहरू तिनीहरूलाई आक्रमण गर्न निस्के, र सहरदेखि अलि टाढा गए। पहिलेझैँ तिनीहरूले इस्राएलीहरूलाई मार्न थाले। प्राय: तीस जना मानिसहरू खुला मैदान र बेथेलतिर गए; अनि अर्कोचाहिँ गेबातिर जाने बाटाहरूमा मारिए। 32 बेन्यामीनीहरूले, “हामीले पहिलेझैँ तिनीहरूलाई जितिरहेका छौँ” भनी सम्झे। तर इस्राएलीहरूले चाहिँ यसो भन्दैथिए, “हामी पछि हटौँ र तिनीहरूलाई सहरदेखि टाढा बाटोहरूमा लैजाऔँ।”
33 इस्राएलका सबै मानिसहरू आफ्ना ठाउँबाट उठे, र बाल-तामारमा मोर्चा बाँधे। तब इस्राएलका ढुकिबस्नेहरूले गेबाको पश्चिमको ठाउँबाट आक्रमण गरे। 34 तब इस्राएलका सबैभन्दा असल दश हजार मानिसहरूले गेबामाथि आक्रमण गरे। युद्ध भयानक थियो। बेन्यामीनीहरूले विपत्ति यति नजिक थियो भनेर थाहै पाएनन्। 35 तब याहवेहले बेन्यामीनीहरूलाई इस्राएलको सामु पराजित गर्नुभयो। त्यस दिन इस्राएलीहरूले पच्चीस हजार एक सय जना तरवारधारी बेन्यामीनीहरूलाई मारे। 36 तब बेन्यामीनीहरूले आफूचाहिँ हारेको देखे।
46 त्यस दिन बेन्यामीनका पच्चीस हजार वीर तरवारधारी योद्धाहरू युद्धमा मारिए। 47 तर छ सय मानिसहरूचाहिँ फर्केर उजाडस्थानमा भएको रिम्मोनको पहरामा भागे। अनि तिनीहरू त्यहाँ चार महिनासम्म बसे। 48 इस्राएलका मानिसहरू बेन्यामीनका सहरहरूमा फर्केर गए। अनि भेट्टाएका जति सबै पशुहरू र तिनीहरूले सम्पूर्ण सहरहरूलाई तरवारले नष्ट पारे। तिनीहरूले भेट्टाएका हरेक सहरलाई पनि आगो लगाइदिए।
<- न्यायकर्ता 19न्यायकर्ता 21 ->- a अथवा परमेश्वरको घर 26 पदमा पनि