2 यिप्ताले जवाफ दिए, “म र मेरा मानिसहरू अम्मोनीहरूसितको ठूलो सङ्घर्षमा व्यस्त थियौँ, र मैले तिमीहरूलाई बोलाए तापनि तिमीहरूले मलाई तिनीहरूका हातबाट बचाएनौ। 3 जब मैले तिमीहरूबाट केही सहायता नपाउने रहेछु भनी देखेँ, तब आफ्नो प्राण हत्केलामा लिएर म तिनीहरूसित लडाइँ गर्न पारि गएँ। अनि याहवेहले मलाई तिनीहरूमाथि विजय दिनुभयो। अब किन तिमीहरू आज मसित लडाइँ गर्न आइरहेका छौ?”
4 त्यसपछि यिप्ताले गिलादका मानिसहरूलाई भेला गरे। अनि एफ्राइमको विरुद्धमा लडाइँ गरे। गिलादीहरूले तिनीहरूलाई पराजित गरिदिए; किनकि एफ्राइमीहरूले भनेका थिए, “तिमी गिलादीहरू त एफ्राइम र मनश्शेका शरणार्थी हौ।” 5 गिलादीहरूले एफ्राइमतिर जाने यर्दनको किल्ला कब्जा गरे। अनि जहिले पनि एफ्राइमका बाँचेका कसैले “मलाई पारि जान देओ” भन्दा गिलादका मानिसहरूले त्यसलाई सोध्थे, “के तिमी एफ्राइमी हौ?” यदि त्यसले “होइन” भन्यो भने, 6 तिनीहरूले भन्थे, “ठिक छ, ‘शिब्बोलेत’ भन।” यदि त्यसले त्यो शब्द ठिकसित उच्चारण गर्न नसकेर “सिब्बोलेत” भन्यो भने तिनीहरूले त्यसलाई पक्रेर यर्दनको किल्लामा मारिदिन्थे। त्यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।
7 यिप्ताले इस्राएलमाथि छ वर्षसम्म नेतृत्व[a] गरे। त्यसपछि गिलादी यिप्ता मरे, र तिनी गिलादको एउटा सहरमा गाडिए।
11 तिनीपछि जबूलूनी एलोनले इस्राएलमाथि दश वर्षसम्म नेतृत्व गरे। 12 त्यसपछि एलोन मरे, र जबूलून देशमा भएको अय्यालोनमा गाडिए।
13 तिनीपछि पिरातोनी हिल्लेलका छोरा अब्दोन इस्राएलको नेतृत्व गरे। 14 तिनका चालीस जना छोरा र तीस जना नाति थिए, जो सत्तरी वटा गधाहरूमाथि सवार हुन्थे। तिनले इस्राएललाई आठ वर्षसम्म नेतृत्व गरे। 15 त्यसपछि हिल्लेलका छोरा अब्दोन मरे, र अमालेकीहरूको पहाडी देशमा एफ्राइमको पिरातोनमा गाडिए।
<- न्यायकर्ता 11न्यायकर्ता 13 ->- a परम्परागत रूपमा न्याय; 8‑14 पदहरूमा पनि