3 जब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूका मुखमा लगाम लगाउँछौँ, तब हामीले त्यसका सम्पूर्ण शरीरलाई काबूमा राख्न सक्छौँ। 4 अथवा उदाहरणको लागि जहाजलाई लिऔँ—तिनीहरू यति ठूला र तेज बतासद्वारा चल्नेभए तापनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतैतिर लैजान्छ। 5 त्यस्तै किसिमले हाम्रो जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तर यसले धेरै घमण्ड गर्छ। आगोको सानो झिल्काले ठूलो जङ्गल नै डढेलो लगाउँछ भनी विचार गर। 6 जिब्रो पनि एउटा आगोजस्तै नै हो; शरीरका अङ्गहरूमध्ये दुष्टताको संसार नै हो। यसले सम्पूर्ण व्यक्तिलाई दूषित पार्छ; त्यसको जीवनको सम्पूर्ण प्रवाहमा आगो लगाइदिन्छ, र यो आफू पनि नरकको आगोमा जल्छ।
7 सबै किसिमका जन्तुहरू, चराहरू, घस्रने प्राणीहरू र समुद्रका जन्तुहरूलाई तह लगाइन्छ, र मानिसद्वारा तह लगाइएका हुन्छन्; 8 तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। यो घातक विषले भरिएको एउटा चञ्चल दुष्ट हो।
9 जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ। 10 अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन। 11 के एउटै मुहानबाट ताजा पानी र नुनिलो पानी निस्कन्छ र? 12 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, के अञ्जीरको रूखले जैतुन अथवा अङ्गुरको बोटले नेभारा फलाउन सक्छ र? न त नुनिलो पानीको मुहानले ताजा पानी निकाल्न सक्छ।
17 तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ। 18 शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।
<- याकोब 2याकोब 4 ->