4 मैदानका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन्नू:
11 तब एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।”
12 तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?”
13 तब ती सेनापतिले उठेर कराएर हिब्रूमा भने, “महान् राजा, अश्शूरका राजाका कुरा सुन! 14 राजा यसो भन्नुहुन्छ, हिजकियाले तिमीहरूलाई छल्न नपाऊन्। तिनले तिमीहरूलाई मेरा हातबाट छुटाउन सक्नेछैनन्। 15 हिजकियाले तिमीहरूलाई याहवेहमाथि भरोसा गर्नलाई यसो भन्दै धोका दिन नपाऊन्, ‘याहवेहले निश्चय हामीलाई छुटाउनुहुनेछ। यो सहर अश्शूरका राजाका हातमा दिइनेछैन।’
16 “हिजकियाको कुरा नसुन्नू। अश्शूरका राजा भन्नुहुन्छ: मसित मिलाप गरेर बाहिर मकहाँ आओ। तब तिमीहरू प्रत्येकले आफ्नै दाख र नेभाराको फलबाट खानेछौ र आफ्नै इनारबाट पिउनेछौ। 17 जबसम्म म आएर तिमीहरूलाई तिमीहरूकै आफ्नै देशजस्तो ठाउँमा—अन्न र नयाँ दाखमद्यको देशमा—रोटी र दाखबारी भएको देशमा लैजान्नँ।
18 “हिजकियाले तिमीहरूलाई, ‘याहवेहले हामीलाई बचाउनुहुन्छ’ भनेर भ्रममा नपारून्। के आजसम्म कुनै जातिको देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट छुटाउन सकेको छ? 19 हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाउन सके? 20 यी देशहरूका कुन देवताले आफ्नो देशलाई मबाट बचाउन सकेको छ र? त्यसो भए कसरी याहवेहले मेरो हातबाट यरूशलेमलाई छुटाउन सक्नुहुन्छ?”
21 तर मानिसहरू चुप रहे अनि जवाफमा केही भनेनन्, किनकि राजाले तिनीहरूलाई, “त्यसलाई कुनै जवाफ नदिनु” भनेर आज्ञा दिएका थिए।
22 तब हिल्कियाहका छोरा एल्याकीम, जो महलका प्रशासक थिए, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ आफ्ना लुगा च्यातेर हिजकियाहकहाँ गए। अनि तिनलाई मैदानका सेनापतिले भनेका कुरा सुनाइदिए।
<- यशैया 35यशैया 37 ->- a मूल भाषामा रब शाकेह