4 विचार मात्र गर, तिनी कति महान् थिए: कुलपिता अब्राहाम समेतले तिनलाई युद्धमा जितेका मालबाट दशांश दिए! 5 अब लेवी वंशबाट भएका पुजारीहरूले मात्र मानिसहरूबाट अथवा तिनीहरूका सङ्गी इस्राएलीहरूबाट दशांश उठाउन सक्छन् भनी व्यवस्थाले अनुमति दिन्छ। यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानहरू हुन्; 6 यी मल्कीसेदेकचाहिँ लेवीको कुलबाट आएका होइनन्, तर पनि अब्राहामबाट दशांश लिए, र प्रतिज्ञा पाउनेलाई आशिष् दिए। 7 अनि सानो व्यक्तिले ठूलो व्यक्तिबाट आशिष् पाउँछन् भन्ने कुरामा कुनै शङ्का छैन। 8 एकातिर, दशांश मरेर जानेहरूले लिन्छन्; तर अर्कोतिर, दशांश तिनले लिन्छन्, जसलाई सदासर्वदा जीवित घोषणा गरिन्छ। 9 कसैले यसो पनि भन्न सक्छ, दशांश लिने लेवीले कुलपिता अब्राहामद्वारा दशांश दिए। 10 किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवीचाहिँ आफ्नो पुर्खाको शरीरभित्रै थिए।
18 अगिल्लो नियम कमजोर र काम नलाग्ने भएकोले खारेज गरियो; 19 जसको साटो अझ उत्तम आशा उपस्थित गराइयो, जसद्वारा हामी परमेश्वरको नजिक जान्छौँ; किनकि व्यवस्थाले कुनै थोकलाई सिद्ध तुल्याएन।
20 अनि यो शपथविना भएन। अरूचाहिँ शपथविना नै पुजारी भए; 21 तर उहाँचाहिँ शपथसहित पुजारी हुनुभयो, जब परमेश्वरले उहाँलाई भन्नुभयो:
23 संख्यामा अरू धेरै पुजारीहरू थिए, तर मृत्युको कारणले तिनीहरूलाई निरन्तर पुजारीको काम गरिरहन दिएन। 24 तर येशूचाहिँ सधैँ बाँचिरहनुहुने हुनाले उहाँको पुजारीपन अनन्तको लागि नै छ। 25 यसकारण जति जना उहाँद्वारा परमेश्वरमा आउँछन्, तिनीहरूलाई सदासर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूको मध्यस्थता गर्न उहाँ सधैँ जिउनुहुन्छ।
26 यस्ता प्रधान पुजारीले नै हाम्रा खाँचोहरू पूरा गर्नुहुन्छ। जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिएका स्वर्गहरूभन्दा माथि उच्च पारिनुभएको छ। 27 अरू प्रधान पुजारीहरूलाई जस्तो पहिले आफ्नै पापहरूको लागि, र मानिसहरूका पापहरूको लागि दिनहुँ बलिदान चढाइरहने आवश्यकता उहाँलाई पर्दैन। उहाँले आफूलाई अर्पण गरेर एकै पल्ट सदाको लागि तिनीहरूका पापको बलिदान दिनुभयो। 28 किनकि व्यवस्थाले कमजोरी भएका मानिसहरूलाई प्रधान पुजारी नियुक्त गर्छ, तर व्यवस्थापछि आएको शपथले परमेश्वरको पुत्रलाई नियुक्त गर्यो, जो सदासर्वदाको लागि सिद्ध तुल्याइनुभएको छ।
<- हिब्रूहरू 6हिब्रूहरू 8 ->