4 जसले एक पल्ट स्पष्टसँग सत्य जानेर स्वर्गीय वरदान चाखे, पवित्र आत्मामा सहभागी भए; 5 अनि जसले परमेश्वरको वचनको भलाइ र आउँदो युगको शक्तिको स्वाद चाखे, 6 र पनि तिनीहरू पतित भए भने तिनीहरूलाई पश्चात्तापमा फिर्ता ल्याउन असम्भव हुन्छ; तिनीहरूले आफ्ना कामहरूद्वारा परमेश्वरको पुत्रलाई पुनः क्रूसमा टाँगेर खुल्लमखुल्ला उहाँको अपमान गर्छन्। 7 जुन जमिनले आफूमा बर्सिएको पानी सोसेर खनजोत गर्नेहरूका लागि उपयोगी अन्न उमार्छ, त्यसले परमेश्वरको आशिष् पाउँछ। 8 तर जुन जमिनले सिउँडी र काँडाहरू उमार्छ, त्यो विनाकामको भई श्राप पाउने जोखिममा रहन्छ, र अन्त्यमा त्यसलाई जलाइन्छ।
9 प्रिय मित्रहरू, हामीले यसरी बोले तापनि हामी तिमीहरूको विषयमा चाहिँ असल कुराहरूबारे निश्चित छौँ—ती कुराहरू, जो मुक्तिसँग सम्बन्धित छन्। 10 परमेश्वर अन्यायी हुनुहुन्न, तिमीहरूले परमेश्वरका जनहरूलाई सहायता गर्यौ र अझ गरिरहेर उहाँप्रति तिमीहरूको प्रेम देखाएकाले परमेश्वरले तिमीहरूका काम बिर्सनुहुनेछैन। 11 हामी चाहन्छौँ, तिमीहरूको आशा पक्का गर्नको लागि तिमीहरू हरेकले अन्त्यसम्म त्यस्तै परिश्रम देखाइरहो। 12 हामी तिमीहरू अल्छे भएका चाहँदैनौँ, तर तिनीहरूको देखासिकी गर्ने होओ, जसले विश्वास र धीरजद्वारा प्रतिज्ञा गरिएका थोकहरूको अधिकार पाए।
16 मानिसहरूले आफूभन्दा ठूलाहरूको नाममा शपथ खान्छन्; अनि भनिएको कुरा पक्का हुन्छ र त्यहाँ कुनै तर्क गरिँदैन। 17 किनकि परमेश्वरले प्रतिज्ञाका हकदारहरूसित उहाँको बदली नहुने उद्देश्य स्पष्ट गर्न चाहनुभएकोले उहाँले यसलाई शपथद्वारा नै पक्का गर्नुभयो। 18 परमेश्वरले दिनुभएका यी दुई कुरा उहाँको प्रतिज्ञा र शपथ, जुन बदली हुन सक्दैन; किनकि परमेश्वरलाई झूट बोल्नु असम्भव छ। परमेश्वरले यसो गर्नुभयो, ताकि हामीलाई हाम्रो सामु राखिएको आशालाई दह्रो गरी पक्रिराख्न धेरै उत्साह मिलोस्। 19 यो आशा हाम्रो प्राणको लागि एउटा दृढ र सुरक्षित लङ्गरजस्तै हो, जुन आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ, 20 जसमा हामीभन्दा पहिले येशू हाम्रा पक्षबाट प्रवेश गर्नुभएको छ; किनभने उहाँ मल्कीसेदेकको दर्जाबमोजिम सदासर्वदाको लागि प्रधान पुजारी हुनुभएको छ।
<- हिब्रूहरू 5हिब्रूहरू 7 ->- a उत्प 22:17