1 हरेक प्रधान पुजारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्त भएका हुन्छन्। 2 तिनी आफैँ पनि दुर्बलताको अधीनमा भएको हुनाले तिनले अनजान र बरालिएकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्। 3 यसैकारण तिनले आफ्नै पापको लागि र मानिसहरूको पापको लागि बलिदानहरू चढाउनुपर्छ। 4 अनि कसैले यो सम्मान आफैँ लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैँ परमेश्वरको बोलावट भएपछि प्राप्त हुन्छ।
5 यसरी ख्रीष्टले पनि प्रधान पुजारी हुने महिमा आफैँले लिनुभएन, तर परमेश्वरले ख्रीष्टलाई भन्नुभयो:
7 येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्बिन्ती चढाउनुभयो; अनि उहाँको भक्तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो। 8 उहाँ परमेश्वरका पुत्र हुनुभए तापनि उहाँले कष्ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो। 9 एक पल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो; 10 अनि मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी नियुक्त हुनुभयो।