6 “सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘केही बेरपछि फेरि एक पल्ट म आकाश र पृथ्वी, समुद्र र सुक्खा जमिनलाई हल्लाउनेछु। 7 म सबै राष्ट्रहरूलाई हल्लाउनेछु, र ती राष्ट्रहरूबाट आफूलाई इच्छा लागेका बहुमूल्य धनसम्पत्तिसहित मानिसहरू आउनेछन्; अनि म यस भवनलाई महिमाले भर्नेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। 8 ‘चाँदी मेरो हो, र सुन पनि मेरै हो,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। 9 ‘यो वर्तमान भवनको महिमा पहिलेको भवनको भन्दा अझ बढी हुनेछ,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। ‘अनि म यस भवनमा शान्ति प्रदान गर्नेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।”
13 तब हाग्गैले सोधे, “यदि मृत शरीर छोएर अशुद्ध भएको मानिसले यस्तो कुनै एउटा चीजलाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”
14 तब हाग्गैले भने, “ ‘मेरो नजरमा यी मानिसहरू र यो राष्ट्रहरू पनि त्यस्तै हुन्,’ याहवेह भन्नुहुन्छ। ‘तिनीहरूले जे गर्छन्, र तिनीहरूले जे चढाउँछन्, सबै थोक अशुद्ध छन्।
15 “ ‘अब आजको दिनदेखि उसो यस कुरामा होसियारीसाथ विचार गर; याहवेहको मन्दिर बनाउँदा एक ढुङ्गामाथि अर्को ढुङ्गा राख्दा अगिको अवस्था कस्तो थियो, सो विचार गर। 16 त्यस समयमा जब कोही अन्नको थुप्रोमा बीस किलो अन्न लिन आउँथ्यो, तब दश किलो मात्र पाउँदथ्यो। जब कसैले दाखमद्यको कोलमा गएर पचास लिटर लिन चाहन्थ्यो भने केवल बीस लिटर मात्र पाउँदथ्यो। 17 मैले तिमीहरूका हातबाट गरेका काममाथि रोग, ढुसी र असिनाले प्रहार गरेँ, तर पनि तिमीहरू मतिर फर्केनौ,’ याहवेह घोषणा गर्नुहुन्छ। 18 ‘आजको दिन नवौँ महिनाको चौबीसौँ दिनदेखि यता, त्यस दिनको बारेमा होसियारीसाथ विचार गर, जुन दिन याहवेहको मन्दिरको जग बसालिएको थियो, ती होसियारीसाथ विचार गर: 19 के अझै पनि भकारीमा केही बिउ बाँकी रहेको छ? आजसम्म दाखको बोट, नेभाराको बोट, अनार र जैतुनका बोटले फल फलाएको छैन।
23 “ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘मेरो सेवक, शालतिएलको छोरो, यरुबाबेल, म तँलाई लिनेछु’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘र तँलाई मेरो औँठी-छापजस्तै बनाउनेछु; किनकि मैले तँलाई रोजेको छु,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”
<- हाग्गै 1