6 यहूदाले आफ्नो जेठा छोरा, एर्का लागि एउटी पत्नी ल्याइदिए, जसको नाम तामार थियो। 7 तर यहूदाका जेठा छोरा एर् याहवेहको दृष्टिमा दुष्ट थिए; यसकारण याहवेहले त्यसको प्राण लिनुभयो।
8 तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्य पूरा गर्; अनि तेरा दाजुका निम्ति सन्तान उत्पन्न गर्।” 9 तर ओनानले यो थाहा पाए कि त्यो सन्तान तिनको आफ्नो हुनेछैन; यसकारण जहिले-जहिले तिनी भाउजूकहाँ सुत्न गए, तिनले दाजुको निम्ति सन्तान नहोस् भन्नको लागि आफ्नो वीर्यचाहिँ भुइँमा खसाले। 10 तिनले जे गरे, त्यो याहवेहको दृष्टिमा दुष्ट थियो; यसकारण उहाँले तिनलाई पनि नष्ट गर्नुभयो।
11 त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरा शेलह ठूलो नभएसम्म तिमी आफ्ना पिताको घरमा विधवा भई बस।” किनकि तिनका दाजुहरूजस्तै शेलहको पनि मृत्यु होला भनेर तिनले सोचेका थिए। यसकारण तामार आफ्ना पिताको घरमा बस्नलाई गइन्।
12 धेरै समयपछि शूआकी छोरी, यहूदाकी पत्नी मरिन्। जब यहूदा आफ्नो शोकबाट उत्रिए, तब उनी आफ्ना मित्र अदुल्लामबासी हीरासँग तिम्नामा मानिसहरूले उनका भेडाहरूको ऊन कत्रने ठाउँमा गए।
13 जब तिम्रा ससुरा आफ्ना भेडाहरूको ऊन कत्रनलाई तिम्नातिर आउँदैछन् भनेर तामारलाई बताइयो, 14 तिनले आफ्नो विधवाको पोशाक फुकालिन्, र आफूलाई नचिन्ने बनाउनको लागि आफूलाई घुम्टोले छोपिन्, र तिम्ना जाने बाटोमा भएको एनैमको प्रवेशद्वारमा बसिन्; किनकि शेलह ठूलो भइसकेपछि पनि त्यसकी पत्नी हुन नदिइएको तिनले देखिन्।
15 जब यहूदाले तिनलाई देखे, तिनले अनुहार छोपेकी हुनाले उनले तिनलाई वेश्या भनी ठाने। 16 आफ्नै बुहारी हो भनी उनले थाहा नपाएर तिनी बाटोको किनारमा गएर तिनलाई भने, “मसँग आऊ, र मलाई तिमीसित सुत्न देऊ।”
17 उनले भने, “म मेरा भेडाका बथानबाट तिमीलाई एउटा पाठो पठाइदिनेछु।”
18 यहूदाले भने, “म तिमीलाई के बन्धक दिऊँ?”
20 त्यसपछि त्यस स्त्रीबाट आफ्नो बन्धक फिर्ता गराउनलाई यहूदाले आफ्नो अदुल्लामबासी हिराद्वारा एउटा कलिलो पाठो त्यस स्त्रीकहाँ पठाए, तर उनले तिनलाई भेट्टाउन सकेनन्। 21 उनले त्यहाँ बस्ने मानिसहरूलाई “एनैम देवस्थानमा बस्ने देवदासी कहाँ छे?” भनी सोधे।
22 यसकारण उनी यहूदाकहाँ फर्किगएर भने, “मैले तिनलाई भेट्टाइनँ। त्यस ठाउँका मानिसहरूले पनि, ‘यहाँ देवस्थानमा बस्ने कुनै देवदासी छैन’ भने।”
23 तब यहूदाले भने, “त्यससित जे छन्, ती आफूसितै राखोस्, नत्रता हामी हाँसोको पात्र हुनेछौँ। जे भए तापनि मैले त्यसलाई यो कलिलो पाठो पठाएकै हुँ, तर तिमीले त्यसलाई भेट्टाएनौ।”
24 प्रायः तीन महिनापछि यहूदालाई “तपाईंकी बुहारी तामार वेश्यावृत्तिको दोषी ठहरिएकी छिन्; अनि त्यसको फलस्वरूप तिनी अहिले गर्भवती भएकी छिन्” भनियो।
25 तिनलाई जब बाहिर निकाल्न लागे, तब तिनले आफ्ना ससुरालाई एउटा खबर पठाइन्। “यी सामानहरू जसका हुन्, तिनैद्वारा म गर्भवती भएकी हुँ,” तिनले भनिन्। अनि तिनले अझ थपेर भनिन्, “तपाईंले यो छाप-औँठी, डोरी, र लहुरो कसका हुन् भनी चिन्न सक्नुहुन्छ कि?”
26 यहूदाले ती कुराहरू चिनेर भने, “तिनी त मभन्दा धर्मी रहिछिन्; किनकि मैले तिनलाई आफ्नो छोरो शेलह तिनकी पति हुनलाई दिइनँ।” अनि उनी तिनीसित फेरि सुतेनन्।
27 जब तिनको सुत्केरी हुने समय आयो, तिनका गर्भमा जुम्ल्याहा छोराहरू थिए। 28 जब तिनी प्रसव-वेदनामा थिइन्, तीमध्ये एउटाले आफ्नो हात बाहिर निकाल्यो; यसकारण सुँडेनीले एउटा रातो डोरी लिएर त्यसको नाडीमा बाँधिदिइन् र भनिन्, “पहिले निस्केको यही हो।” 29 तर जब त्यसले आफ्नो हात फेरि भित्र तान्यो, त्यसको भाइचाहिँ बाहिर निस्क्यो; अनि तिनले भनिन्, “तँ यसरी आउनमा सफल भइस्!” अनि त्यसको नाम पेरेस[a] राखियो। 30 तब आफ्नो नाडीमा रातो डोरी लिएको त्यसको भाइ बाहिर आयो र त्यसको नाम जेरह[b] राखियो।
<- उत्पत्ति 37उत्पत्ति 39 ->