1 यसकारण इसहाकले याकोबलाई बोलाएर आशिष् दिए। त्यसपछि उनले यस्तो आज्ञा दिए: “कनानी स्त्रीसँग विवाह नगर्नू। 2 तुरुन्तै पद्दन-अराममा तेरी आमाका पिता बतूएलको घरमा गइहाल्, र आफ्ना लागि तेरी आमाका दाजु लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर्नू। 3 सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्, र तँ जाति-जातिको एक समुदाय नहोउन्जेल तँलाई फलवन्त बनाएर तेरो संख्याको वृद्धि गरून्। 4 उहाँले तँ र तेरा सन्ततिलाई अब्राहामलाई दिनुभएको आशिष् देऊन्, ताकि अब्राहामलाई परमेश्वरले दिनुभएको ठाउँ, जसमा तँ अहिले परदेशी भई बसेको छस्, त्यो भूमि तेरो अधिकारमा होस्।” 5 तब इसहाकले याकोबलाई बिदा गरे; अनि तिनी पद्दन-अराममा लाबानकहाँ गए। लाबान अरामी बतूएलको छोरा, अर्थात् याकोब र एसावकी आमा रिबेकाका दाजु थिए।
6 अब इसहाकले याकोबलाई आशिष् दिएर पद्दन-अरामबाट पत्नी ल्याउनू भनी त्यहाँ पठाएछन्, र तिनलाई आशिष् दिँदा “कुनै कनानी स्त्रीलाई विवाह नगर्नू,” भन्ने आज्ञा दिएछन्, 7 र याकोबले आफ्ना बुबा र आमाको आज्ञापालन गरेर पद्दन-अराममा गएको कुरा एसावले थाहा पाए। 8 जब तिनका पिता इसहाकलाई कनानी स्त्रीहरू मन पर्दैन रहेछ भनी एसावले थाहा पाए; 9 तब एसाव इश्माएलकहाँ गए, र आफूसित भएका पत्नीहरूबाहेक तिनले अब्राहामको छोरा इश्माएलकी छोरी, नबायोतकी बहिनी महलतलाई विवाह गरे।
16 जब याकोब निद्राबाट झल्याँस बिउँझे, र तिनले सोचे, “निश्चय नै याहवेह यस ठाउँमा हुनुहुँदोरहेछ; अनि मलाई यो थाहै थिएन।” 17 तब तिनी डराएर भने, “यो ठाउँ कति भययोग्य रहेछ! यो परमेश्वरको घरबाहेक अरू केही होइन रहेछ; यो त स्वर्गकै ढोका पो रहेछ।”
18 भोलिपल्ट बिहानै याकोब उठे, र आफूले सिरानी लगाएको ढुङ्गा लिए; अनि त्यसलाई खाँबोझैँ ठड्याएर टुप्पोमाथि तेल खन्याए। 19 तिनले त्यस ठाउँको नाम बेथेल[c] राखे; पहिला त्यस सहरलाई लूज भनिन्थ्यो।
20 तब याकोबले यसो भनेर भाकल गरे, “यस यात्रामा यदि परमेश्वर मेरो साथमा रहनुभयो, मलाई रक्षा गर्नुभयो; मलाई खानलाई भोजन र लाउनलाई लुगा दिनुभयो, 21 र म मेरा पिताको घरमा सुरक्षित फर्केर आएँ भने याहवेह मेरा परमेश्वर हुनुहुनेछ; 22 अनि मैले खाँबोझैँ ठड्याएको ढुङ्गाचाहिँ परमेश्वरको घर हुनेछ, र तपाईंले मलाई दिनुहुने सबै कुराको दशांश म तपाईंलाई दिनेछु।”
<- उत्पत्ति 27उत्पत्ति 29 ->