6 साराले भनिन्, “परमेश्वरले मलाई हाँस्ने तुल्याउनुभएको छ; अनि जजसले मेरो बारेमा यो कुरा सुन्छन्, तिनीहरू पनि सबै मसँगसँगै हाँस्नेछन्।” 7 अनि तिनले अझ भनिन्, “साराले सन्तानहरूलाई दूध खुवाउनेछिन् भनेर अब्राहामलाई कसले भन्थ्यो होला? र पनि मैले उहाँको वृद्धावस्थामा उहाँका निम्ति एउटा छोरा जन्माएँ।”
11 यस कुराले अब्राहामलाई धेरै दुःखित तुल्यायो; किनकि यो कुरा आफ्नो छोरासित सम्बन्धित थियो। 12 तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो बालक र तेरी दासीको विषयमा साराले भनेको कुरामा दुःख नमान्। साराले जे भन्छे, त्यो कुरा सुन्; किनकि इसहाकबाट नै तेरो वंशको नाम रहनेछ। 13 म तेरी दासीको छोरालाई पनि एउटा ठूलो जाति बनाउनेछु; किनकि त्यो पनि तेरै सन्तान हो।”
14 तब अब्राहाम बिहानै उठे, र हागारलाई केही भोजन र एक मशक पानी दिए। ती सामानहरू हागारका काँधमा राखिदिएर अब्राहामले त्यो र त्यसको बालकलाई पठाइदिए। अनि त्यो त्यहाँबाट निस्केर गई, र बेर्शेबाका मरुभूमिहुँदो भौँतारिन थाली।
15 जब मशकको पानी सकियो; तब त्यसले आफ्नो छोरालाई एउटा झाडीमुनि राखी। 16 तब त्यो एक काँड हान्ने जतिको दूरीमा[a] गएर बसी, र, “म यो बालक मरेको हेर्न सक्दिनँ” भन्दै जोड-जोडले रुन थाली।
17 तब परमेश्वरले त्यो बालक रोइरहेको सुन्नुभयो; अनि याहवेहका दूतले स्वर्गबाट हागारलाई बोलाएर भने, “हागार, के भयो? नडरा; किनकि त्यो बालक जहाँबाट रोइरहेको छ, त्यहीँबाट परमेश्वरले त्यसको सोर सुन्नुभएको छ। 18 त्यस बालकलाई उठा, र त्यसको हात पक्री; किनकि म त्यसलाई एउटा ठूलो जाति बनाउनेछु।”
19 तब परमेश्वरले तिनका आँखा खोलिदिनुभयो; अनि त्यसले पानीको एउटा इनार देखी। तब तिनी गई, र मशकमा पानी भरेर त्यस बालकलाई पिउन दिई।
20 जब त्यो बालक बढ्दैगयो; परमेश्वर त्यससित हुनुहुन्थ्यो। त्यो मरुभूमिमा बस्थ्यो; र एउटा धनुर्धारी बन्यो। 21 त्यो पारानको मरुभूमिमा बस्थ्यो, तब त्यसकी आमाले इजिप्टबाट त्यसका निम्ति एउटी पत्नी ल्याइदिई।
24 अब्राहामले भने, “हुन्छ, म यो शपथ खान्छु।”
25 तब अब्राहामले अबीमेलेकका सेवकहरूले अब्राहामका सेवकहरूबाट पानीको कुवा खोसेको विषयमा तिनीसित गुनासो पोखे, 26 तर अबीमेलेकले भने, “यो काम कसले गरेको हो, सो म जान्दिनँ। तपाईंले मलाई भन्नुभएन, र आज मात्र मैले यस विषयमा सुनेँ।”
27 यसकारण अब्राहामले केही भेडा र गाईबस्तुहरू ल्याएर अबीमेलेकलाई दिए; अनि ती दुवैले करार बाँधे। 28 अब्राहामले सात वटा भेडाका पाठीहरू बगालबाट अलग पारे, 29 अनि अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात वटा पाठीहरू अलग राख्नुभएको अर्थ के हो?”
30 तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भन्ने प्रमाण होऊन् भनी यी सात वटा पाठीहरू मेरा हातबाट स्वीकार गर्नुहोस्।”
31 यसकारण त्यस ठाउँलाई बेर्शेबा[b] भनियो; किनकि ती दुवैले त्यहाँ शपथ खाएका थिए।
32 बेर्शेबामा करार बाँधेपछि अबीमेलेक र तिनका सेनापति पीकोल पलिश्तीहरूको देशमा फर्के। 33 अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे, र त्यहाँ तिनले याहवेह अनन्तका परमेश्वरको नाममा पुकार गरे। 34 अनि अब्राहाम केही समयसम्म पलिश्तीहरूको देशमा बसोबास गरे।
<- उत्पत्ति 20उत्पत्ति 22 ->