1 यसरी आकाशमण्डल, पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसकिए।
8 याहवेह परमेश्वरले पूर्वपट्टि भएको अदनमा एउटा बगैँचा लगाउनुभएको थियो; अनि आफूले बनाउनुभएको मानिसलाई उहाँले त्यहाँ राख्नुभयो। 9 अनि याहवेह परमेश्वरले भूमिबाट सबै किसिमका रूखहरू, अर्थात् हेर्नमा राम्रो र खानलाई असल रूखहरू उमार्नुभयो। अनि बगैँचाको बीचमा जीवनको रूख, साथै असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।
10 बगैँचालाई भिजाउनका निम्ति एउटा नदी अदनबाट बहन्थ्यो; त्यो त्यहाँबाट छुट्टिएर चार वटा शाखामा बाँडिएको थियो। 11 पहिलो नदीको नाम पीशोन हो, जो हवीलाको समस्त मुलुक हुँदै बग्दछ, जहाँ सुन पाइन्छ। 12 (त्यस देशको सुन असल हुन्छ। त्यहाँ बास्ना आउने खोटो र गोमेद पनि पाइन्छन्।) 13 दोस्रो नदीको नाम गीहोन हो, जो कूशको[c] समस्त मुलुक भएर बग्दछ। 14 तेस्रो नदीको नाम टाइग्रिस हो, जो अश्शूरको पूर्वतिर हुँदै बग्दछ; अनि चौथो नदीचाहिँ यूफ्रेटिस हो।
15 याहवेह परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा काम गर्न र त्यसको हेरचाह गर्नका निम्ति त्यहाँ राख्नुभयो। 16 अनि याहवेह परमेश्वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्; 17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्चय नै मर्नेछस्।”
18 याहवेह परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।”
19 याहवेह परमेश्वरले भूमिबाट सबै जङ्गली जनावर र आकाशका पक्षीहरूलाई बनाउनुभएको थियो। मानिसले तिनीहरूका के-के नाम राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई तिनीकहाँ ल्याउनुभयो; अनि मानिसले हरेक प्राणीलाई जे-जे भनेर बोलाए, त्यही नै तिनीहरूका नाम रह्यो। 20 यसरी मानिसले सबै घरपालुवा जनावरहरू, आकाशका पक्षीहरू र सबै जङ्गली जनावरहरूका नाम राखे।
23 अनि मानिसले भने,
25 मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, तर तिनीहरू लाज मान्दैनथे।
<- उत्पत्ति 1उत्पत्ति 3 ->- a याहवेह यो हिब्रू शब्द हो, जसको अर्थ म हुँ जो म हुँ भन्ने हुन्छ। यो परमेश्वर स्वयम्ले आफूलाई प्रकट गर्नुभएको नाम हो, र यो नामलाई पुरानो करारभरि नै यथावत् राखिएको छ।
- b मूल भाषामा आदमाह अथवा आदम
- c सम्भवतः दक्षिण-पूर्व मेसोपोटामिया
- d अथवा मानिस
- e करङहरूमध्ये अथवा मानिसको छेउबाट केही भाग निकाल्नुभयो।