3 तिनले भने, “हे मेरा प्रभु, यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने तपाईंको सेवककहाँ एकछिन नबसी यत्तिकै नगइदिनुहोस्। 4 मलाई पानी ल्याउन दिनुहोस्, र आफ्ना पाउ धोएर यस रूखमुनि आराम गर्नुहोस्। 5 अब तपाईंहरू आफ्ना सेवककहाँ आउनुभएकोले मलाई केही खानेकुरा ल्याउन दिनुहोस्; अनि तपाईंहरू खानुहोस् र थकाइ मार्नुहोस्, र त्यसपछि आफ्नो बाटो लाग्नुहोला।”
6 यसकारण अब्राहाम हतार-हतार गर्दै पालभित्र साराकहाँ गएर भने, “लौ झट्टै तीन सिया[a] मसिनो पिठो तयार पारी मुछेर केही रोटी बनाऊ।”
7 तब अब्राहाम बगाल भएको ठाउँमा दौडेर गए, र एउटा कलिलो बाछो छानेर आफ्नो सेवकलाई दिए। उसले तुरुन्तै काटकुट गरेर पकायो। 8 तब तिनले दही, दूध र बाछाको मासु ल्याए, र उहाँहरूका सामु टक्र्याइदिए। अनि उहाँहरूले खाउन्जेल तिनीचाहिँ उहाँहरूकै छेउमा रूखमुनि उभिरहे।
9 तब उहाँहरूले अब्राहामलाई सोधे “तिम्री पत्नी सारा कहाँ छिन्?”
10 उहाँहरूमध्ये एक जनाले भने, “निश्चय नै म आउँदो वर्ष यसै समयमा तिमीकहाँ फर्किआउनेछु; तब तिम्री पत्नी साराको साथमा एउटा छोरा हुनेछ।”
13 तब याहवेहले अब्राहामलाई भन्नुभयो, “म बुढी भइसकेकीले के साँच्चै बच्चा जन्माउन सकुँली र? भन्दै सारा किन हाँसी? 14 के याहवेहका निम्ति कुनै कुरा कठिन छ र? म तोकिएको समयमा अर्को वर्ष तिमीकहाँ फर्किआउनेछु, र साराको एउटा छोरा हुनेछ।”
15 सारा डराइन्, र ढाँट्दै यसो भनिन्, “अहँ, म हाँसिनँ।”
20 तब याहवेहले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आक्रोश अत्यन्तै ठूलो छ; अनि तिनीहरूको कुकर्म अति नै भएकोले, 21 मकहाँ आएको तिनीहरूको गुनासो सही हो कि होइन भनी हेर्न अब म तल जानेछु। यदि होइन रहेछ भने म थाहा गर्नेछु।”
22 यसकारण ती मानिसहरू फर्केर सदोमतिर गए; तर अब्राहामचाहिँ याहवेहकै सामु उभिरहे। 23 तब अब्राहाम उहाँको नजिक गएर भने: “के तपाईंले दुष्टहरूसँगै धर्मीलाई पनि नाश गर्नुहुन्छ? 24 यदि त्यस सहरमा पचास जना धर्मी मानिस रहेछन् भने के तपाईंले त्यस सहरलाई साँच्चै नाश गर्नुहुनेछ? के ती पचास धर्मी मानिसको खातिर त्यस ठाउँलाई छोडिदिनुहुन्न? 25 तपाईंबाट यस्तो पटक्कै नहोस्—धर्मीलाई पापीसँग मार्ने, र धर्मी र पापीलाई एउटै व्यवहार गर्ने काम तपाईंबाट नहोस्! तपाईंबाट यस्तो कदापि नहोस्! के सारा पृथ्वीका न्यायकर्ताले ठिक न्याय गर्नुहुन्न र?”
26 तब याहवेहले भन्नुभयो, “यदि मैले सदोम सहरमा पचास जना धर्मी मानिस पाएँ भने म तिनीहरूका खातिर सम्पूर्ण सहरलाई नाश गर्नेछैनँ।”
27 त्यसपछि अब्राहामले फेरि भने: “हुन त म धुलो र खरानीबाहेक केही होइनँ, तापनि मैले प्रभुसँग बोल्ने साहस गरेको छु। 28 यदि त्यस सहरमा पाँच कम पचास जना धर्मी मानिस रहेछन् भने के पाँच जना धर्मी कम भएको कारण तपाईंले सम्पूर्ण सहरलाई नाश गर्नुहुनेछ?”
29 एक पल्ट फेरि तिनले भने, “यदि चालीस जना मात्र पाइए भने नि?”
30 तब तिनले भने, “प्रभु, रिसानी माफ पाऊँ, तर म अझै बोल्न पाऊँ। यदि तीस जना मात्र पाइए भने?”
31 अब्राहामले भने, “मैले फेरि प्रभुसित बोल्न साहस गरेको छु; यदि त्यहाँ बीस जना मात्रै पाइए भने नि?”
32 तब तिनले भने, “प्रभु रिसानी माफ पाऊँ; तर अब एक पल्ट मात्रै बोल्न पाऊँ। यदि दश जना मात्र त्यहाँ पाइए भने?”
33 अब्राहामसित कुरा गरिसक्नुभएपछि याहवेह गइहाल्नुभयो; अनि अब्राहामचाहिँ आफ्नो घरमा फर्के।
<- उत्पत्ति 17उत्पत्ति 19 ->- a लगभग 16 किलो